Comments Add Comment

जर्मनविंग्स विमान दुर्घटनामा १५० जनाकै मृत्यु

plane-crash

११ चैत, काठमाडौं । जर्मनविंग्स एयरलाइन्सको एयर बस दुर्घटना हुँदा त्यसमा सवार १५० जनाकै मृत्यु भएको छ ।

बार्सिलोनाबाट डसलडोफ जाँदै गरेको विमान ए ३२० फ्रान्सको एल्प्स पर्वत शृखलाको करिव २ हजार मिटर उचाईमा दुर्घटना भएको पाइएको छ ।

फ्रान्सेली अधिकारीहरुका अनुसार दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा १४४ यात्र र चालक दलका ६ सदस्य थिए ।

विमानमा अधिकांश स्पेन र जर्मनीका नागरिक थिए । पश्चिमी जर्मनीका एक स्कुलका १६ विद्यार्थी र दुई शिक्षक पनि थिए ।
plane-crash1
जर्मन विंग्सका अनुसार दुर्घटनाअघि विमान आठ मिनेटभित्र ११ हजार मिटर तल आएको थियो ।

विमानको ब्याक बक्स भेटिएको फ्रान्सका आन्तरिक मन्त्रालयका अधिकारीहरुले बताएका छन् । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनाग्रस्त भएको विमान क्षतविक्षत भएको छ । उनले भने-सबैभन्दा ठूलो आकार भनेको एउटा कार जत्रो छ ।’

एयरबस विमानको औसत आयु नौं वर्ष हुन्छ । तर, यो विमान २४ वर्ष पुरानो भइसकेको थियो ।

 

 

plane-crash2

plane-crash3

plane-crash4

plane-crash5

plane-crash6

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment