Comments Add Comment

‘नेपालको आर्थिक विकासमा एनआरएनएको प्रयास उपलब्धीपूर्ण’  

NRN-USAविजय थापा 

१२ चैत, डिसी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासीहरूले नेपालको आर्थिक विकासमा एनआरएनएको प्रयास उपलब्धीपूर्ण  भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवारहरुकाबीच प्रत्यक्ष बहस कार्यक्रममा उनीहरूले एनआरएनएको संयुक्त प्रयासलार्इ उपलब्धीपूर्ण भएको बताएका हुन् ।

अर्थशास्त्रीहरु भन्छन- नेपालको अर्थतन्त्र रेमिट-अर्थतन्त्र हो। बिदेशमा कमाएर स्वदेशमा परिवारलाइ सहयोग गर्न र लगानी गर्न विदेशिने नेपालीहरुको परम्परा नै बसेको यथार्थ हो । यसले जिविकोपार्जनमा ठुलो सहयोग गरेको पनि पक्कै हो। बिदेशमा कमाइ गरि देसमा लगानी गर्ने उहिले देखिको असंगठित प्रयास भन्दा अहिलेको संगठित एन आर एन एको प्रयासले  नेपालको आर्थिक विकासमा के भिन्नता राख्न सक्छ भन्ने प्रश्नमा उनीहरूले एनआरएनको भूमिका महत्वपूर्ण भएको बताएका हुन् । अध्यक्षका प्रत्यासीहरूले दोहोरो नागरिकताको बारेमा धारणासमेत राखेका थिए ।

अध्यक्षका आकांक्षीहरुलाई समेट्दै एनआरएन अमेरिकाको ईतिहासमा यस्तो प्रत्यक्ष बहस कार्यक्रम पहिलो पटक गरिएको हो । विश्वमै अनुकरणीय मानिने प्रजातान्त्रिक शैली, खुला प्रतिष्पर्धा र नेतृत्वका लागि चाहिने ज्ञान, अनुभव, कुटनीति, वाकपटुताको परीक्षण एकसाथ हुने गरेको अमेरिकी राष्ट्रपति चुनावमा गरिने बहसलाई मध्यनजर गर्दै यस्तो बहस कार्यक्रम गरिएको भिजन फर नेपाल फाउन्डेशनका अध्यक्ष पत्रकार कृष्ण शर्माले बताए ।

कार्यक्रम गत आइतवार साँझ ६ बजेदेखि प्रत्यक्ष बहस कार्यक्रम गरिएको थियो l विभिन्न सामाजिक संजालमार्फत करिब नौ जना अध्यक्षका प्रत्यासी भएता पनि प्रत्यक्ष बहसमा रमा सिहं, डा केशव पौडेल, दूर्गा दाहाल, नगेन्द्र पौडेल, गणेश कुँवर तथा श्री पराजुली सहभागी भएका थिए l पराजुलीले सोही बहस कार्यक्रममा नै आफूलाई अध्यक्षका प्रत्यासीको रुपमा प्रस्तुत गरेका थिए ।

आफ्नो बारेमा तथा आफ्ना कार्यसूचीको बारेमा धारणा राख्न हरेक उम्मेदवारहरूले चार मिनटको समय उपलब्ध गराइएको थियो भने दर्शकदीर्घाबाट चार वटा प्रश्न सोधिने व्यवस्था मिलाईएको थियो ।

नेपाली बर्णानुक्रम अनुसार सर्वप्रथम महिला उम्मेदवार तथा संचारकर्मी रमा सिहंले मौका पाएकी थिइन् । अध्यक्ष पदका प्रत्यासीहरुले सबैले समय भित्र जवाफ दिएका थिए । अध्यक्ष पदका प्रत्यासीहरुलाई यस्तो प्रश्नहरु राखिएको थियो ।

प्रत्यक्ष बहस कार्यक्रममा डा धर्म अधिकारी, भरत दत्त कोइराला, राजेन्द्र ब श्रेष्ठ, अरूण भट्टराइ, केशर कार्की, सोना लामिछाने शर्मा, चन्द्र खतिवडा, अमृता लम्साल, नीलम शर्मा, पुरू सुबेदी, योगेश उपाध्याय, डा श्याम कार्की, हरीकृष्ण उपाध्याय, गिरीश पोखरेल, अमर प्रसाई तथा सुकृती शर्माले प्रश्नावली संकलन ,परिमार्जन कार्यक्रम संयोजनमा बिशेष सहयोग पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment