Comments Add Comment

मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा फ्रान्स पराजित

Neymar Goal

१३ चैत, काठमाडौं । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले फ्रान्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा ब्राजिलले फ्रान्समाथि ३–१ को जित निकालेको हो ।

विश्वकपमा लज्जास्पद हार व्यहारेको ब्राजिलले डुङ्गालाई प्रशिक्षक बनाएपपछि भने लगातार सात खेल जितेको छ । सात खेलमा ब्राजिलले मात्र दुई गोल खाएको छ ।

पेरिसमा भएको खेलमा फ्रान्सले भरानेको गोलबाट २१ औं मिनेटमा अग्रता लिएको थियो । तर, ४० औं मिनेटमा ओस्कारले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा भने ब्राजिल हाबी भयो । ५७ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । ६९ औं मिनेटमा जुइज गुस्ताभोले गोल गर्दै ब्राजिललाई ३–१ को जित दिलाए ।

अर्को खेलमा कोलम्बियाले बहराइनलाई ६–० को पराकिलो अन्तरले पराजित गरेको छ भने इरानले चिलीलाई २–० ले स्तब्ध पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment