Comments Add Comment

आइतबार दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले नेपाली उद्योगीलाई सिधै ग्यास आयात गर्न दिइने, सञ्जय साहको सम्पत्ति एक अर्ब बढी, रेल नपाएर आयातकर्ता समस्यामा, भेरी करिडोरमा चार अर्बको नयाँ आयोजना शीर्षकमा प्रमुख खबर छापेका छन् ।

कारोबार दैनिकमा सञ्जय साहको सम्पत्ति एक अर्बभन्दा बढी, राष्ट्र बैंकलाई औंला ठड्याउन बन्द गर्नुस्ः गभर्नर, कांग्रेस र माओवादी मजदुरद्वारा तामाकोसीमा अवरोध, ६८ प्रतिशत कामदार ठगी एजेन्टबाट, सडक लम्बिँदै गुणस्तर खुम्चिँदै, चिनियाँ पर्यटकको गन्तब्य बन्दै लुम्बिनी लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा नेपाली उद्योगीलाई सिधै ग्यास आयात गर्न दिइने, भारतको मनोमानीले विद्युत उत्पादन बन्द, वित्त ब्यवस्थापन सम्मेलन सुरु, मोरङको छोटी भन्सार सुरु, ६ करोड लगानीमा ग्यास उद्योग, हिले बसपार्कका लागि स्थानीयले दिए १० रोपनी जग्गा लगायतका खबर छन् ।

नागरिक दैनिकमा भेरी करिडोरमा चार अर्बको नयाँ आयोजना, चीन जोड्ने सडक कागजमा मात्र, १४ करोड लगानीमा गाई फार्म, प्रभु बैंकले हकप्रद सेयर जारी गर्ने, महिला उद्यमी सघाउँदै कोसेली घर लगायतका खबर छन् ।

अभियान दैनिकमा रेल नपाएर आयातकर्ता समस्यामा, विजयपुर २ र इदीमर्दी जलविद्युत आयोजना ६ महिनापछि सुरु हुँदै, १४ करोड लगानीमा गाई फार्म, अपर माई हाइड्रोको काम अन्तिम चरणमा, १० कराड लगानी थप्दै रुपाकोट रिसोर्ट, स्थानीयको सक्रियतामा गाउँमा बिजुली लगायतका खबर छन् ।

आर्थिक दैनिकमा एमडब्लु इन्टरप्राइजेजद्वारा भ्याट छली, ११ वटा राजमार्ग विस्तार हुँदै, १२ अर्ब सहयोग अवरुद्ध हुनसक्ने चेतावनी, सहकारी बैंकको सञ्चालक समिति वैठकमा चर्काचर्की, ब्यवसायीद्वारा श्रम विभागको वार्तास्थलमै पीडित युवामाथि हातपात, अडिटर्स एशोसियसनद्वारा आइक्यान काउन्सिलका लागि उम्मेदवार तय लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4 eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment