Comments Add Comment

यी हुन् इन्टरनेटमा लोकप्रिय सेलीब्रेटी

Sunny-Leone
सेलीब्रेटीलाई चर्चित बनाउन उनिहरुले अभिनय गरेको फिल्म हिट हुनैपर्छ भन्ने मान्यता पुरानो भैसक्यो । कुनै पनि कलाकारले अभिनय गरेको कलाकार बक्स अफिसमा कमजोर किन नहोस्, उनिहरुको अभिब्यक्ति, सामाजिक सञ्जालको उपस्थित र अभिनय शैलिले पनि सर्वाधिक चर्चितको सूचीमा पुर्‍याउने गरेको छ ।

इन्टरनेटमा लोकप्रिय कलाकारको वारेमा ‘टाईम्स अफ इण्डिया’ ले एउटा सूची नै बनाएको छ । हलिउडदेखि बलिउडसम्मका धेरै कलाकार हिट छन् । इन्टरनेटमा लोकप्रिय हुन पुगेका बलिउड सेलीब्रेटी यस्ता छन् :

सन्नी लियोनी अहिले ईन्टरनेटमा लोकप्रिय मध्ये एक हुन् । पछिल्लो समय हिन्दी फिल्म ‘एक पहेली लीला’ मा काम गरेकी सन्नीको वारेमा इन्टरनेटमा दैनिक हजारौंले खोजी गर्ने गरेका छन् ।
katrina-kaif-1
पछिल्लो समय रणबीर कपुरसंगको सम्बन्धले चर्चामा आएकी कट्रिना कैफ लामो समयसम्म बलिउडमा राज गर्ने हिरोईनको रुपमा चिनिन्छिन् । केही वर्षसम्म कामुक हिरोईनको रुपमा चुनिएकी कट्रिनालाई ईन्टरनेटमा खोज्नेहरु प्रसस्तै छन् ।

वेला वेलामा दिने गरेको विवादास्पद अभिब्यक्तिले मोडल पुनम पाण्डेलाई चर्चामा पुर्‍याउने गरेको छ । उत्तेजक पोजका तस्बिर र अभिब्यक्तिले पनि ईन्टरनेटमा उनको वारेमा सर्च गर्नेहरु बढेका छन् ।

भनिन्छ, हरेक वर्ष पि्रयंका चोपडाका प्रसंसकहरु बढ्दैछन् । कामुक नायिकाको छबी कायम गरेकी पि्रयंकाले गएको वर्ष ‘मेरी कोम’ मा काम गरेर राम्रै ख्याती कमाईन् । अहिले पनि उनलाई इन्टरनेटमा खोज्नेहरु धेरै छन् ।

एङग्री योङम्यान भनेर चिनिने अमिताभ बच्चन पनि लोकपि्रय मध्येका एक हुन् । उनका ट्वीट अहिले पनि दमदार मानिन्छ । उनका वारेमा अहिले पनि दैनिक सयौले खोजी गर्ने गरेका छन् ।

बलिउडकी महंगी हिरोईन भनेर चिनिने करिना कपुरले अभिनेता सेफअलि खानसंग बिबाह गरिन् । विवाहपछि उनको क्रेज घटला कि भन्नेहरु अहिले अचम्ममा छन् । उनको लोकपि्रयतामा कुनै कमि आएको छैन ।

हिन्दी फिल्म ‘जज्बा’ वाट पुन प्रवेश गरेकी ऐश्वर्या रायको लोकप्रियता पनि उस्तै छ । पछिल्लो समय रणबीर सिंहको प्रेमीकाको रुपमा दर्ज भएकी दीपिका पादुकोणलाई इन्टरनेटमा खोज्नेहरु क्रमश बढ्दैछन् । अभिनेता अमिर खान उस्तै चर्चित छन् तन्नेरी देखि बुढा पुस्ताका दर्शकसम्म । उनले बनाएको फिल्म ‘पिके’ले बलिउडमा अहिलेसम्मकै धेरै कमाई गरेको थियो ।

sonam
अभिनय गरेका फिल्म बक्स अफिसमा हिट हुन नसके पनि सोनम कपुरको चुलिँदो लोकपि्रयतामा कुनै कमि आएको छैन । विज्ञापन र र्‍याम्प मोडलिङमा उनको लोकपि्रयता बढ्दो छ ।

ब्याङग् ब्याङग् पछि ऋतिक रोशनको कुनै फिल्म आएको छैन । तर, पनि उनका प्रसंसकले उनलाई पछ्याउन छाडेका छैनन् । उमेरले पाको भएपनि प्रसंसकका विचमा लोकपि्रय कलाकार हुन् रजनीकान्त । पछिलो समय छानेर मात्रै फिल्म खेल्न थालेका रजनीकान्त भारत बाहिर समेत लोकपि्रय छन् ।

सिरियल किसरको उपाधी पाएका इमरान हासमीलाई खोज्नेहरु पनि धेरै छन् । विचका कतिपय फिल्म असफल भएर के भो त सोनाक्षी सिन्हाको दबंग छबी अझै बाँकी छ । तन्नेरी पुस्ताका धेरै दर्शकले उनलाइ खोज्ने गरेका छन् ।

क्रिकेटर बिराट कोहलीको प्रेमिकाको रुपमा चिनिएकी अनुष्का शर्माका विषयमा आलोचना गर्नेहरु पनि उत्तिकै छन् । आलोचना होस् या समर्थन उनलाई खोज्नेहरु पनि बढ्दैछन् ।
anushka
अभिनयवाट लगभग हराईन लारा दत्त । अहिले पनि विभिन्न साईटहरुमा उनका बोल्ड तस्बिर भेटिन्छन् । त्यसैले पनि होला उनलाई खोज्नेहरु घटेका छैनन् ।

ओस्कार अवार्ड जित्न सफल फिल्म ‘स्लमडग मिलेनियर’ कि नायिका फ्रिडा पिन्टोले पछिल्लो समय धेरै फिल्म नखेलेर के भो त उनका प्रसंसक बढेका बढ्यै छन् ।
पछिल्लो समय बिबाहको खबरले चर्चामा आएका शाहीद कपुरलाई पनि दर्शकहरुले पटक पटक सम्झने गरेका छन् । कंगना राणाबत त अहिले बलिउडमै चर्चित हिरोईनको सूचीमा दर्ज भएकी छिन् । ‘क्वीन’ वाट नेशनल अवार्ड सहित अरु थुप्रै अवार्ड पाएपछि उनि चर्चित बनेकी हुन् ।

बिचमा हराए पनि ‘डर्टी पोल्टिक्स’ रिलिज भएपछि मल्लिका शेरावतको चर्चा राम्रै भयो । मर्डर लगायत केही फिल्ममा बोल्ड सिन दिएकी मल्लिका अहिलेकी चर्चित कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment