Comments Add Comment

‘बिहेअघि शारीरिक सम्बन्ध राखुँ कि पछि, मेरो फैसला’ : दीपिका पादुकोण (भिडियोसहित)

deepika-padukone
बलिउड नायिका दीपिका पादुकोणले आफ्नो छोटो चलचित्र सार्वजनिक गरेकी छिन् । ‘माई च्वाइस’नामको यो छोटो चलचित्रमा दीपिकाको साथमा बलिउडका थुप्रै हस्ती देखिएका छन् ।

यो भिडियोलाई होमी अदाजानियाले निर्देशन गरेका हुन् । यो छोटो चलचित्रले भारतको रुढीवादी संकार र महिलाको स्वतन्त्रताको बिषयमा उठ्ने आवाजको विरुद्ध आवाज उठाएको छ ।

यो चलचित्रमा दीपिकाले नै आवाज दिएकी छिन् । सार्वजनिक भएको यो छोटो चलचित्रमा दीपिकाले भनेकी छिन्-‘कुनै यूवतीले के पहिरन लगाउने भन्ने फैसला उसको नीजि हो । कसैलाई महिलाले एकछिनका लागि चाहन्छन् या सधैभरि यो पनि महिलाको फैसला हो ।’

भिडियोमा दीपिकाले आवाज दिदै भनेकी  छिन्-‘म बिहे अगाडि शारीरिक सम्बन्ध राखु या बिहे पछि या कहिले पनि नराखौं, यो मेरो नीजि जिन्दगीको कुरा हो । र यो फैसला मेरो हो ।’
यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment