Comments Add Comment

१५ वर्षपछि केशव भट्टराईकै फिल्ममा रमेश उप्रेती

Ramesh-upratiकाठमाडौं । केशव भट्टराईको लगानीमा १५ वर्ष अगाडी निर्माण भएको फिल्ममा नायकको रुपमा अनुबन्ध भएर पनि काम नगरेका रमेश उप्रेती भट्टराईकै फिल्मवाट अभिनयमा ‘कमब्याक’ गर्ने भएका छन् ।

भट्टराईको लगानीमा निर्माण भएको ‘आफ्नो मान्छे’ मा रमेश नै मुख्य भुमिकामा अनुबन्धित थिए । अर्को फिल्म ‘यो मायाको सागर’ र ‘आफ्नो मान्छे’को सुटिङ एकै पटक हुने भएपछि ‘आफ्नो मान्छे’ छाडेका थिए रमेशले ।

‘त्यतिवेला पनि हामीले सल्लाहले नै फिल्ममा संगै काम नगर्ने निर्णय गरेका थियौं अहिले पनि सल्लाहले संगै काम गर्ने निर्णय गर्‍यौं ।’ निर्माता भट्टराईले भने ।

भट्टराईको लगानी र निर्मल शर्माको निर्देशन रहेको ‘ब्रासलेट’ मा रमेशले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । शर्माको निर्देशन रहेको यो दोस्रो फिल्म हो । यस फिल्ममा रमेश रजनी केसीको नायक बन्ने भएका छन् ।

आठ वर्षअघि अमेरिका पलायन भएका रमेशले ग्रीनकार्ड लिईसकेका छन् । हालै नेपाल फर्किएका उनले राम्रो विषयमा बनेको फिल्ममा अभिनय गर्ने बताएका छन् ।

तस्बिर : रमेश उप्रेतिको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment