Comments Add Comment

नेपथ्य सांगितिक यात्राका क्रममा अष्ट्रेलियामा

nepathya bandअष्ट्रेलिया । छिट्टै सार्वजनिक हुन लागेको आफ्नो दसौं एल्बमको रेकर्डिङ सकिने बित्तिकै नेपथ्य यो सिजनको सांगितिक यात्राका निम्ति बुधबार अष्ट्रेलिया आइपुगेको छ ।

यसै महिनाभित्र दक्षिण भारतको बैंगलोर र नेपालगञ्जमा आफूलाई सफलताका साथ प्रस्तुत गरेलगत्तै प्रशान्त महासागरको यो विशाल टापुमा नेपथ्य आइपुगेको हो । २७ दिनसम्म यहाँ जारीरहने श्रृंखलावद्ध प्रस्तुतिमा यस समूहले पाँचवटा कार्यक्रम गर्नेछ । त्यसैको सुरुवातका निम्ति पश्चिमी तटमा अवस्थित सुन्दर सहर पर्थमा टोली आइपुगेको छ ।
‘ब्याण्डले यसै शनिबार (४ अप्रिल) मा पर्थको एचबीएफ स्टेडियममा प्रस्तुति दिएपछि सिड्नीतर्फ प्रस्थान गर्नेछ, जहाँ प्रख्यात लुनापार्कमा ११ तारिखका दिन नेपथ्य गुञ्जनेछ,’ टोलीको नेतृत्वसमेत गरिरहेका नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।

अठारौं सताब्दीमा मात्र पत्ता लागेको टापु अष्ट्रेलिया पछिल्लो समय संसारभरका निम्ति शिक्षा आर्जनको थलो बन्दै गएको छ र नेपाली विद्यार्थीहरुमाझ यो मुख्य आकर्षणको केन्द्र बनिसकेको छ । यसरी पढ्न गएकाहरु सँगसँगै अष्ट्रेलियाका सबैजसो मुख्य सहरहरुमा पछिल्लो समय नेपाली समुदायको बसोबास पनि विस्तार हुँदै गएको छ ।

भ्रमणका आयोजक सिड्नीस्थित म्याग्दी सेवा समितिका हरि राम्जालीले सिड्नीको विख्यात लुनापार्कस्थित बिग टप प्रतिष्ठित आयोजनास्थलमा २८ सय क्षमताका सबै टिकट विक्री हुनेमा अपेक्षा गरिएको बताए ।

यसभन्दा अघि सन् २०१२ मा भएको नेपथ्यको अष्टे्रलिया भ्रमण पनि म्याग्दी सेवा समितिले नै संयोजन गरेको थियो । समितिले नै सन् २०१३ मा गायक प्रेमध्वजको पलेँटी यात्रा पनि आयोजना गरेको थियो ।

सिड्नीपछि ब्याण्डले १५ अप्रिलका दिन ब्रिसबेन र १८ अप्रिलका दिन डार्विनमा कार्यक्रम गर्नेछ । नेपथ्य ब्याण्डको अन्तिम प्रस्तुति २६ तारिखका दिन मेलबर्नमा हुनेछ ।

यसपटकको भ्रमणमा नेपथ्यको नयाँ अल्बमबाट केहि ताजा गीतहरु पनि अष्ट्रेलियावासी श्रोतालाई सुनाउने योजना रहेको गुरुङले जानकारी दिएका छन् । मेलबर्नको अन्तिम प्रस्तुतिसँगै अप्रिल २७ मा टोली स्वदेश र्फकनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment