Comments Add Comment

धरहरामा केपी ओली झुक्किए : हामीले सगरमाथा चढेका छौं !

KP Oli at Dharahara (9)

३० चैत, काठमाडौंं । नयाँ वर्षको पूर्वसन्यामा नयाँ सन्देश दिने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार भिमसेन स्तम्भ धरहरा चढेका छन् ।

सधैं तोकिएको समयभन्दा ढीलो पुग्ने ओली धरहरामा पनि ढीलै पुगे । एमाले अध्यक्ष ओलीले सोमबार अपरान्ह ४ बजे धरहरा चढ्ने भन्दै सञ्चार माध्यमहरुलाई समाचार संकलनका लागि खबर गरिएको थियो ।

ओली पनि संविधानसभा अध्यक्षले बोलाएको बैठकमा नबसी संविधानसभाबाट हिँडेका थिए । तर, उनी धरहरा पुग्दा ५ बजिसकेको थियो ।

KP Oli at Dharahara (8)

ओली पार्टी नेताहरुसहित झण्डै १५ मिनेट लगाएर धरहरा चढे र केहीबेर काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेर तल ओर्लिए ।

धरहरा चढेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा भने ओली नराम्ररी चिप्लिए । उनले धरहरा चढेर सगरमाथा चढेको कुरा गरे । नयाँ वर्षमा नेपालले नयाँ संविधान पाउने र नेपाल अघि बढ्नेछ भन्ने उच्च विचार राख्न जरुरी रहेको भन्दै उनले भने-‘त्यही सन्देश दिन हामीले सगरमाथा चढेका छौं ।’

भिडियो हेर्नुस् 

ओलीले धरहरा चढेर सगरमाथा चढेको कुरा गरेपछि पत्रकारहरु गलल हाँसे र होइन धरहरा भनेर सच्याए । त्यसपछि ओली पनि हाँसे र सच्याउँदै भने-धरहरा चढेका छौं र सगरमाथा पनि चढ्ने छौं ।’

ओलीले धरहरामा राखेको आगन्तुक पुस्तिकामा भने नयाँ वर्षको शुभकामना दिँदै झण्डै एक पेज लेखेका छन् ।

उनले नेपाली समाजमा विद्यमान जातीय, भाषिक एवं सांस्कृतिक सद्भाव धरहराजस्तै अग्लो हुँदै जाने र नेपालको स्वाधीनता र ने पाली मात्रको सम्मान धरहराजस्तै उचाइतर्फ अघि बढ्नेछ भन्ने विश्वास ओलीले हस्ताक्षर पुस्तिकामा व्यक्त गरेका छन् ।

Kp-oli-At-dharahara

KP Oli at Dharahara (7)

KP Oli at Dharahara (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment