+
+
Shares

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते ११:२८

४ जेठ, काठमाडौं । मकवानपुर प्रहरीले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको र चालकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका ९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रहरीका अनुसार राजकुमार र सुबिन गाँजा ओसारपसारमा संलग्न व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?