+
+
Shares

कोरोनालाई जितेका दीपक लेख्छन्–‘महामारीलाई सामान्य रुपमा नलिऔं’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १२:२७

हाँस्य सिरियल ‘सक्किगोनी’को श्रृङ्खला निर्देशक दीपक प्रसाद आचार्यले कोरोनालाई जितेका छन् । उनले १७ दिनमा आफूले कोरोनालाई जितेको उल्लेख गर्दै यसलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

कोरोना जितेर अस्पतालबाट घर फर्किएपछि दीपकले लेखेका छन्–‘जीवनको मुल्य तब मात्र थाहा हुँदोरहेछ, जब मान्छेले आफ्नो मृत्युलाई आफ्नै सामुन्ने आफ्नो जीवन समाप्तीको लागि प्रतिक्षा गरिरहेको देख्छ । यस्तै, एउटा मृत्युलाई पराजित गरेर सुरुको ८ दिनको होम आइसोलेसनपछि ९ दिन अस्पताल बसाइपछि घर आएको छु ।’

उनले डाक्टरको सल्लाहा अनुसार अझै १० दिन होम आइसोलेसनमा बस्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले आफू खतरामुक्त भएको उल्लेख गर्दै यो महामारीलाई सामान्य रुपमा नलिन पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्–‘यो महामारीबाट बच्न सबै आफैं सजग बनौं, सामान्य रुपमा नलिऔं । नत्र अर्को श्रद्धाञ्जलीको फोटो आफ्नो आउला भन्ने चिन्ताले अस्पतालको शैयाबाट प्रतिक्षा गरिरहनुपर्दाको पीडा अत्यन्तै कष्टकर हुन्छ हैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?