Comments Add Comment

निर्देशक लामिछाने लेख्छन्–‘बाहिर हेर्दै कराउन मन छ’

निर्देशक ऋषि लामिछाने कोरोना संक्रमित भएपछि अस्पतालमा उपचार गराइरहेका छन् । अस्पतालमा विगत ४ दिनदेखि उपचार गराइरहेका निर्देशक लामिछानेले सामाजिक संजालमा स्टाटस लेख्दै कहिलेकाही मृत्यु भन्दा जीवन असहज लाग्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘आज अस्पतालको बसाइको चौथो दिन । कोठाको ४ वटा भित्ताले घरी घरी पीडा दिइरहेका छन् । असाध्यै असहज र पीडादायी । लाग्थ्यो दुख्ने शरीर, मन र मुटु मात्र हुन्छ । यहाँ त सपना, विपना र कल्पना पनि दुख्दोरहेछ । पुरा जीवन दुखेको छ । अस्ती अस्ती शरीर दुख्दा पीडाले रोएको थिएँ । आज आत्मा दुखेको छ । ग्रान्डी अस्पतालको नबौ तल्लाबाट बाहिर हेर्दै चिच्याई चिच्याई कराउन मन लागेको छ ।’

निर्देशक ऋषि लामिछाने, उनकी पत्नी कलाकार सरिता लामिछाने र उनकी छोरी नै कोरोना संक्रमित भएका छन् । निर्देशक लामिछाने भने विगत ४ दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment