Comments Add Comment

डिभोर्स गर्ने महिलामा हृदयाघातको जोखिम उच्च

Heart-Attack-Risk
वैवाहिक सम्बन्धको विच्छेद अर्थात् डिभोर्सले महिलामा हृदयाघातको जोखिम बढाउने तथ्य पत्ता लागेको छ । पछिल्लोपटक गरिएको अनुसन्धानले वैवाहिक सम्बन्ध कायम रहेका महिलाहरुमा भन्दा वैवाहिक सम्बन्ध टुटेका अर्थात् सम्बन्ध विच्छेद गरेका महिलाहरुमा हृदयाघातको जोखिम उच्च रहने देखाएको हो ।

एकपटक डिभोर्स गरेर फेरि वैवाहिक सम्बन्धमा बाँधिने महिलाहरुमा पनि हृदयाघातको जोखिम उच्च रहेको शोधकर्ताले निष्कर्ष निकालेका छन् ।

अमेरिकाको ड्युक मेडिसिनका प्राध्यापक डाक्टर म्याथ्यू डुप्रे लगायतको वैज्ञानिक टोलीले गरेको अनुसन्धान अनुसार जिवनमा दुइ वा सो भन्दा बढि पटक डिभोर्स गर्नेमा महिलामा डिभोर्स नगर्ने महिलामा भन्दा हृदयाघातको जोखिम दोब्बर बढि हुने देखिएको हो ।

अमेरिकाका ४५ देखि ८० वर्ष उमेरका १५ हजार ८२७ जना मानिसमा यो अध्ययन गरिएको थियो, जसले जिवनमा कम्तिमा १ पटक विवाह गरेका थिए । उनीहरुलाई सन् १९९२ देखि २०१० सम्मको अवधिमा वर्षमा २ पटक अन्तरवार्ता लिइयो र उनीहरुको वैवाहिक अवस्था र स्वास्थ्यको बारेमा प्रश्न सोधियो । १८ वर्षको यो अध्ययन अवधिमा ती मध्ये झण्डै एक तिहाइले सम्बन्ध विच्छेद गरेको पाइयो ।

पुरुषहरुमा भने हृदयाघातको जोखिम वैवाहिक सम्बन्धमा रहनु वा डिभोर्स गर्नुले घटबढ हुँदैन । तर दुइ भन्दा बढि डिभोर्सले भने पुरुषलाई पनि केही असर गर्ने देखिएको छ । पुरुषमा पहिलो डिभोर्सले हृदयाघात झण्डै १० प्रतिशतले मात्र बढाउने र त्यसपछिका डिभोर्सले ३० प्रतिशत जति बढाउने देखिएको छ ।

अध्ययन अनुसार हृदयाघातको मामिलामा महिलाहरु डिभोर्सपछि निकै जोखिम समूहमा धकेलिन्छछन् । पहिलो डिभोर्सले नै महिलामा हृदयाघातको जोखिम २४ प्रतिशतले बढाउँछ भने त्यसपछिका डिभोर्सले ७७ प्रतिशत सम्म जोखिम बढाउने गरेको देखिएको छ । हृदयाघातको जोखिम महिलाले डिभोर्स गरेपछि फेरि विवाह गरेपनि नघट्ने देखिएकेा छ । तर पुरुषको हकमा भने पुनर्विवाह हृदयाघातको जोखिम न्यूनिकरणको दृष्टिले निकै लाभदायी पाइएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment