Comments Add Comment

उदयपुरमा झाडापखालाको प्रकोप बढ्यो

४  वैशाख, उदयपुर । केही दिनयतादेखि त्रियुगा नगरपालिका क्षेत्र तथा सदरमुकाम गाईघाटलगायत जिल्लाको पूर्वी क्षेत्रमा झाडापखालाको प्रकोप बढ्दै गएको छ ।

त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडाका साथै सदरमुकाम गाईघाट क्षेत्रमा समेत झाडापखालाको प्रकोप बढ्दै जान थालेको स्थानीयवासी बताउँछन् । अहिले झाडापखालाको कारण दैनिक ३० देखि ५० जनासम्म बिरामी उपचारको लागि जिल्ला अस्पतालमा आउन थालेको अस्पतालले बताएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको सुन्दपुर,हँडिया,जोगिदह तथा तपेश्वरी क्षेत्रमा समेत केही दिनदेखि झाडापखाला फैलन थालेको  हँडियाका स्थानीय कुमार खत्रीले बताए ।

झाडापखालाबाट प्रभावित बिरामीमध्ये केही उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा जाने गरेका छन् भने केही जिल्ला अस्पताल आउने गरेको स्थानीयवासीले बताएका छन् ।

झाडापखाला फैलनुको मुख्य कारण फोहोर प्रदूषित पानी र दूषित खाना तथा बढी गर्मीका कारण भएको अस्पतालले जनाएको  छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment