Comments Add Comment

लुम्बिनी विकास कोषले जिम्मा नलिँदा विद्युतिय रिक्सा अलपत्र

Rikshaसलमान खान

८ बैशाख, भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रदुषण मुक्त बनाउने उद्देश्यले लुम्बिनीमा सञ्चालन गर्न भनी दातृ निकाय कोईका (कोरीयन ईन्टरनेशनल कोअपरेशन एजेन्सी)को आर्थिक सहयोगमा लुम्बिनीमा ल्याईएको बिद्युतिय रिक्सा अलपत्र परेको छ ।

लुम्बिनी बिकाश कोषले जिम्मा नलिदा लुम्बिनीमा ल्याइएका ७० वटा विद्युतिय रिक्साको अलपत्र परेको हो ।

लुम्बिनी क्षेत्रमा भ्रमणका लागी आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई लक्षित गरी बिद्युतिय रिक्सा सञ्चालन गर्ने लुम्बिनी बिकाश कोषको योजना अनुसारनै कोषको आग्रहमा कोईकाले सहयोग उपलब्ध गराएको थियो ।

कोषले बिद्युतिय रिक्सा जिम्मा नलिदा बिगत ४ महिनाभन्दा बढीदेखि उक्त रिक्साहरु लुम्बिनी बौद्ध बिश्वबिद्यालय परिसमा थन्क्याएर राखिएको छ । ४ महिना अघिनै चीनमा निर्मित ७० वटा बिद्युतिय रिक्सा नेपालमा ल्याएर काठमाण्डौको फेदर सलुसनले एसेम्बल्ड गरी कोईकालाई हस्तान्तरण गरिसकेको छ ।

लुम्बिनी बिकाश कोषले बिद्युतिय रिक्सा सञ्चालन सम्बन्धी सबै जिम्मा कोषका तत्कालिन सदस्य सुबर्ण मुनि शाक्यलाई दिएको थियो ।

‘लुम्बिनीमा प्रदुषण रहित बिद्युतिय रिक्सा सञ्चालन नँया आकर्षणका रुपमा पनि रहने पर्यटकहरुलाई यात्रा गर्न सहज पनि हुने भन्दै ल्याईयो तर अहिले खै किन हो सञ्चालनमा आउन सकेको छैन् । शाक्यले भने- ‘कोषको पदाधिकारीहरुको अन्तिम बैठकले पनि मेरै संयोजकत्वमा सञ्चालन गर्न दिने गरी जिम्मेवारी तोक्दै निर्णय भएको पनि हो, अहिले रिक्सा थन्किएर बसेको छ , टायरका हावा फुस्की सके, रिक्सामा खिया लाग्न थालिसक्यो ।’

Lumbani bikash koshपर्यटन , संस्कृति तथा नागरिक उड्डयन मन्त्री दिपक अमात्यलाई पनि कोइकाका प्रतिनिधी र आफुले भेटघाट गरेर लुम्बिनी विद्युतिय रिक्सा संचालनमा ल्याउनका लागि अग्रह गरेको पनि रिक्सा संचालनमा आउन नसकेको उनले गुनासो पोखे ।

लुम्बिनी बिकाश कोषमा अहिले उपाध्यक्ष लगायत ४ जना सदस्यहरु रिक्त रहेका छन् । ठोस निर्णय गर्न सक्ने व्यक्ति कोषमा नहुदा रिक्सा अलपत्र परेको स्थानिय पर्यटन ब्यबसायी तथा लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । उनले भने हामी स्थानीयबासीको माग हो, छिटो भन्दा छिटो रिक्सा सञ्चालनमा आउनु पर्छ ।

लुम्बिनी विकाश कोषका सदस्य सचिव अजित मान तामाङले कोषकै योजना अनुरुप विद्युतिय रिक्सा आए पनि त्यस्मा केही प्राविधिक त्रुटिहरु रहेको पाइएकाले सञ्चालन नआएको बताए ।

‘विद्युतिय रिक्साको ब्याट्री चार्ज गर्ने स्थान एक ठाउमा मात्र राखिएको छ, चलाउदै जाँदा अलि टाढाको स्थानमा गएर ब्याट्री सकियो भने चलाउने, चढने सबैलाई दुख हुन्छ’ सदस्य सचिब तामाङले भने -‘त्यसैले हामीले चार्जिंग स्टेशन एक ठाउमा होईन बिभिन्न ठाउमा राख्नु पर्छ भनेका हौ ।’
तर, रिक्सा सप्लाई गर्ने फेदर सलुसनले भने एकपटक रिक्सा चार्ज गरे पछी औसतमा ८० किलोमिटर सम्म गुडन सक्ने भएकाले एकस्थानमा चार्जीङ्ग स्टेशन बनाउदा कुनै समस्या नआउने दाबी गरेको छ ।

रिक्सामा ८० एम्पीयरका ४ वटा ब्याट्री लाग्दछ । चार वटै ब्याट्री ८ घन्टामा पुर्णरुपमा चार्ज हुन्छ र चार ब्याट्रीलेे ८० किलोमिटर औसत सम्म चल्न सक्छ ,फेदर सलुसनका निर्देशक प्रबिणलाल श्रेष्ठले बताए । रिक्साको सर्भिस सेन्टर र चार्जिंग सेन्टर एकै स्थानमा राख्दा प्राबिधिक र रिक्सा चालकलाई सजिलो हुने श्रेष्ठको भनाई छ ।

सहकारी जस्तै बनाएर लुम्बिनी बिकाश कोषलाई एक पैसा पनि आर्थिक ब्ययभार नपार्ने गरी सञ्चालन गर्ने योजना हो, त्यसैले तत्काल लुम्बिनी बिकाश कोषले रिक्सा जिम्मा लिएर चलाउन स्विकृत दिनु पर्छ , संयोजक सुबर्ण मुनि शाक्यले भने प्रतिरिक्सा २ लाख रुपैयामा फेदर सलुसनले रिक्सा उपलब्ध गराएको हो ।

रिक्सामा ४ जना यात्रु र एक जना चालक बस्न मिल्ने गरी बनाईएको छ । यो रिक्सामा अहिले ८ सय किलोबाटको मोटर राख्दा ३ सय केजि सम्म तौल भार बहन गर्न सक्ने र १ हजार किलोवाटको मोटर राखेमा ६ सय किलो भार बहन क्षमता रहेको छ । रिक्सामा सौर्य शक्ति समेत जडान गर्न मिल्ने गरी बनाईएको छ । यस्को गति प्रतिघन्टा १० किमिको दरले रहेकाले दुर्घटनाको जोखिम अत्यन्त न्यूयन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment