Comments Add Comment

व्यवसायिक कृषि प्रवर्धनको प्रतिवद्धता

८ वैशाख, काठमाडौँ । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रचार एवम् विकास केन्द्र(सिप्रेड)ले व्यावसायिक कृषि प्रवर्धनका लागि निरन्तर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सिप्रेडको २५ वर्ष पुगेको अवसरमा आज यहाँ पत्रकार सम्मेलन गर्दै संस्थाले स्थानीयस्तरमा आर्थिक उत्पादनका लागि निर्वाहमुखी कृषि उत्पादनलाई व्यवसायिक उत्पादनमा परिणत गराउन पहल गर्ने जनाएको हो ।

संस्थाका अध्यक्ष डा. हरिकृष्ण उपाध्यायले उत्पादनलाई बजारसम्म पुर्‍याउन सहकारी र सङ्कलन केन्द्रको विकासमा जनसहभागिता जुटाउँदै नयाँ तथा उच्चस्तरीय अवसर सिर्जना गर्ने बताए ।

विगत २४ वर्षमा संस्थाले बेमौसमी तरकारी उत्पादन, तरकारी बीउ उत्पादन, पोषण सुधारका लागि घर बगैँंचा र मत्स्यपालन जस्ता उदाहरणीय काम गर्दै आएको छ । संस्थाले हालसम्म ६० जिल्लामा ८७ वटा परियोजना सञ्चालन गरेको छ ।

संस्थाका कार्यकारी निर्देशक भरतप्रसाद उपाध्यायका अनुसार कृषकले विभिन्न आयोजनाबाट रु छ अर्ब ५० करोड बराबरको आयआर्जन गर्न सफल भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment