Comments Add Comment

लघुकथा- पृथक संवाद

रवीन्द्र पाण्डे
रवीन्द्र समीर

-रवीन्द्र समीर
बिरामी जाँच्ने क्रममा एकजना अधबैंसे पुरुष अनौठो भावभङ्गीमा बोकेर भित्र पसे । नमस्कार गरे र डा. शर्माले देखाएको कुर्सीमा बसे । प्रायः अस्पतालमा एउटै खालको संवाद सुरु हुन्छ, चिकित्सक र बिरामीबीच । तर यो संवाद अलि फरक थियो ।
-तपाईंको नाम ?
-नाम त श्यामप्रसाद हो, तर पुर्जीमा गणेशबहादुर लेख्नुस् है !
-कति वर्षको हुनुभयो ?
-उमेर त एकाउन्न लागें, त्रिचालीस लेख्नुस् न !
-अनि घर ?
-घर त पुतलीसडक हो, सातदोबाटो लेख्नुहोस् न !
डा.शर्माले सोचे- कस्ताकस्ता बिरामी हेर्नुपर्छ यो पेसामा । उनी सोच्छन्, डाक्टरका लागि बिरामी कस्तो खालको हो भन्दा महवत्पूर्ण कुरा बिमार कस्तो खालको भन्ने हुन्छ । उनले सोधपुछलाई नै निरन्तरता दिए- तपाईंलाई के हुन्छ ?
-पिसाब फेर्दा पिप आउँछ, पोल्छ, अनारीमा घाउ पनि भएको छ ।
-बाहिरतिर सम्पर्क भएको थियो कि ?
-डाक्टर साबलाई के ढाँट्नु ! कहिलेकाहीँ साथीहरुको सङ्गतमा लागेर जाने बानी परेको छ ।
-त्यसो भए यौन सम्पर्कबाट सर्ने रोगहरु पत्ता लगाउन रगत जाँच गनुपर्छ । यी जाँच गरेर आउनुहोला ।
डा. शर्मालाई भने खुल्दुली लागिरहृयो, यो मान्छेले किन आˆनो हुलिया गलत लेखायो ? उनले खप्नै नसकेर सोधे- ‘ए साँच्चै किन तपाईंले नाम, उमेर र ठेगाना अर्कै लेख्न भन्नुभएको ?’
विजयी भावमा ती अधबैंसेले भने- ‘घरमा पढेलेखेका छोराछोरी छन् । श्रीमतीको शङ्का गर्ने खराब बानी छ । पुर्जी देखिहाले भने पनि अफिसको साथीको रिपोर्ट भन्न पाइन्छ नि !’
(हालै प्रकाशित लघुकथा संग्रह एकलब्य दृष्टिबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment