Comments Add Comment

भुकम्प पीडितलाई चौधरी ग्रुपले बाँड्यो ५ लाख प्याकेट चाउचाउ

CG-Rahat-Bitaran
१५ वैशाख, काठमाडौं । चौधरी ग्रुपले महाभुकम्प पीडितहरुका लागि राजधानी तथा मोफसलमा राहत वितरण गरेको छ । आमनेपालीले भोग्नुपरेको पिडामा साथ दिन ग्रुपले राजधानीका चार ठाउँमा राहत केन्द्रहरु संचालन गरेको छ ।

ग्रुपले आइतबार र सोमवार गरि पाँच लाख प्याकेट चाउचाउ लगायतका खाद्यान्न वितरण गरिसकेको छ । ग्रुपले राजधानीभित्रका विभिन्न ठाउँहरुका साथै गोर्खा, धादिङ र सिन्धुपाल्चोकमा राहत वितरण गरेको हो ।

महाभुकम्पबाट सर्वाधिक प्रभावित क्षेत्रहरुका पीडितहरुसम्म राहत पुर्‍याउने व्यवस्था मिलाइएको छ । ग्रुपले महाभुकम्प पिडितहरुका लागि वाईवाई चाउचाउ, रियो जुस, पानी, भुजिया लगायतका खाद्यान्नहरु वितरण गरेको बताएको छ ।  यी क्षेत्रहरुमा पुगेर ग्रुपका प्रतिनिधिहरुले राहत वितरण गरेका हुन् ।

ग्रुपले महाभुकम्प पिडितहरुमा उत्पन्न हुने स्वास्थ्य समस्या न्युन गर्न जापानबाट विशेषज्ञ चिकित्सक टोलीलाई नेपालमा आई सेवा उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ ।

जापानबाट चिकित्सकहरु सुन साकु कोरिकी, गाकु मुराकाची, सुहेयाना गि सावा र हिरोकाजु निसिमुराले स्वास्थ्य सेवा उपलब्ध गराउन शुरु गरिसकेका छन् ।

CG-Rahat-Bitaran-2

भुकम्पका कारण स्वास्थ्य अवस्था विगि्रएका पीडितहरु रहेका अस्पताल, शिविरहरुमा पुगेर उनीहरुले स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । ग्रुपले अन्य अन्तर्राष्ट्रिय स्वयंसेवकहरुलाई समेत समन्वय गरिरहेको जानकारी गराईन्छ ।

‘महाभुकम्प पिडित नेपाली दाजुभाई दिदी बहिनीहरुको पिडामा राहतमार्फत् मलमपट्टी लगाउन सकियोस् भन्ने हाम्रो प्रयास हो’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भन्छन्- ‘राष्ट्रमा आइपरेको यस विपत्तीलाई हामी सबै मिलेर सामना गर्न म सबैमा आव्हान गर्दछु ।’

महाभुकम्प पिडितहरुलाई राहत उपलब्ध गराउन ग्रुपले सञ्चालनमा ल्याएका राहत केन्द्रहरुमा ग्रुपले पिडितहरुलाई खाना र वस्ने प्रवन्ध मिलाएको छ । ग्रुपले क्याम्पेन स्कूल र क्याम्पेन प्रि स्कूल लगनखेल, क्याम्पेन कलेज कुपण्डोल, क्याम्पेन काठमाडौं कलेज, गहना पोखरी र चाँदवाग स्कुल महाराजगञ्जमा आफैले राहत केन्द्रहरु सञ्चालनमा ल्याएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment