Comments Add Comment

युवतीको मस्तिष्कभित्र जुम्ल्याहाको भ्रुण

brainबच्चा त पाठेघरमा पो हुनुपर्ने हो । तर एक भारतीय युवतीको भने मस्तिष्कभित्र जुम्ल्याहा बच्चाका भ्रुण फेला परेका छन् । अमेरिकामा अध्ययनरत भारतको हैदरावादकी २६ वर्षीया यामिनी करानमको मस्तिष्कबाट अमेरिकी डाक्टरहरुले जुम्ल्याहा भ्रुण निकालेका हुन् ।

ब्रेन ट्युमर भनि शल्यक्रिया गर्दा युवतीको मस्तिष्कमा पलाएको मासु ट्युमर नभै जुम्ल्याहा अविकशित भ्रुण रहेको तथ्य डाक्टरहरुले पत्ता लगाए । उनको मस्तिष्कबाट निकालिएको उक्त भ्रुणमा हड्डी, रौँ तथा दाँत समेत थिए ।

शल्यक्रिया सम्पन्न गर्ने लस एन्जल्सको स्कलबेस इन्स्िटच्युटका डाक्टर हरायर शाहिनियनले आफुले अहिलेसम्म गरेका ८ हजार वटा ब्रेन ट्युमरका अप्रेसनमा यस्तो खालको अनौठो घटना दोश्रोपटक रहेको बताए ।

आमाको पाठेघरमा जुम्ल्याहा भ्रुण विकशित हुँदा एउटा भ्रुण पूर्ण रुपमा विकशित हुने र अर्को भ्रुण विकशित हुन नसक्नाले ठूलो भ्रुणले सानो भ्रुणलाई आफुमा समाहित गर्छ । ठूलो भ्रुण विकशित भएर पूर्ण बच्चा बनिसक्दा सानो भ्रुण बच्चाको सरीरभित्रै वा बाहिर टाँसिन पुग्छ । यहीँ प्रक्रियामा कतिपय बच्चाको पेट तथा सरीरका अन्य भागमा समेत अविकशित जुम्ल्याहा पाइने गरेका छन् । तर मस्तिष्कमै जुम्ल्याहा पाइएको घटना भने निकै दुर्लभ हो ।

मस्तिष्कबाट आफ्नो जुम्ल्याहा निकालेपछि यामिनीले ठट्टा गर्दै भनिन् ‘राक्षसी जुम्ल्याहा बहिनीले मलाई २६ वर्षदेखि दुख दिइरहेकी रहेछिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment