Comments Add Comment

७.३ रेक्टर स्केलको भूकम्पको धक्का

Earth-Quake 1

२९ वैशाख, काठमाडौं । काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ ।

१२ बजेर ५२ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले सुरमा ७.१ भनेको थियो । तर, पछि ७.३ रेक्टर स्केलको भएको बताएको छ ।

भूकम्पको केन्द्र केन्द्र दोलखाको सुनखानी भएको बताइएको छ । भूकम्पपछि लगातार पराकम्पन गएको छ । ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।

तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् ।

वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख  १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७.३ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।

आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् ।

पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन । ओखलढुंगाबाट पत्रकार धरेन्द्र रुम्दालीले दिएको जानकारी अनुसार त्यहाँ बारम्बार भूकम्पको धक्का महसुस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment