Comments Add Comment

जुकरबर्गले हटाए भारतको नक्शा

zuckerbergफेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजबाट भारतको नक्शा हटाएका छन् । गएको हप्ता जुकरबर्गले आफ्नो फेसबुक पेजमा अपलोड गरेको भारतको नक्शाको विषयमा इन्टरनेट प्रयोगकर्ताले तिब्र आलोचना तथा विरोध गरेपनि उक्त नक्शालाई हटाउन जुकरबर्ग बाध्य भएका हुन् ।

विश्वको नम्बर वान सामाजिक संजाल फेसबुकका संस्थापकले आफ्नो फेसबुक पेजमा भारतको नक्शा राख्दा भारतीय फेसबुक प्रयोगकर्ताहरु खुसी पो हुनुपर्ने हो । आखिर उनीहरुले किन विरोध गरे ? वास्तवमा जुकरबर्गले फेसबुकमा अपलोड गरेको भारतको नक्शामा जम्मु-काश्मीरको भाग नै छुटेपछि त्यसप्रति भारतीयहरु रुष्ट बनेका हुन् ।

आफ्नो देशको अभिन्न भुभाग मान्ने जम्मु-कास्मिर लाई फेसबुकले नै छुट्टाइदिएपछि त्यसको विरोधमा भारतीय फेसबुक प्रयोगकर्ताहरु आगो बने । फेसबुकको इन्टरनेट डट ओआरजी परियोजनाको सार्वजनिकीकरणपछि जुकरबर्गले भारतको नक्शा आफ्नो फेसबुक पेजमा अपलोड गरेका थिए । इन्टरनेट डट ओआरजी यस्तो प्लेटर्फम हो जसले निश्चित इन्टरनेट सामाग्री तथा सेवाहरु निशुल्क प्रदान गर्ने लक्ष्य राखेको छ ।

जुकरबर्गले जम्मु कास्मीर विनाको भारतको नक्सा फेसबुकमा राखेपछि भारतीय फेसबुकेहरुले तिब्र आक्रोस प्रकट गरे । एकजना प्रयोगकर्ताले लेखे, ‘तिम्रो सित्तैको इन्टरनेट चाहिँदैन । नक्शा सच्चाएनौ भने सबै भारतीयहरुले फेसबुक लग अफ गर्नेछन् ।’

अर्का प्रयोगकर्ताले भने चीनपछि मार्क जुकरबर्गले कास्मिर विनाको भारतको नक्सा पोष्ट गरेको भन्दै भारत सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।
स्मरण रहोस् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको चीन भ्रमणको समाचार प्रस्तुत गर्ने क्रममा चीनको सरकारी टेलिभिजन सीसीटिभीले जम्मु, कास्मिर तथा अरुणान्चल प्रदेश विनाको भारतको नक्सा टेलिभिजनमा देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment