Comments Add Comment

जब सडकमै लडाकू विमान अवतरण भयो …

Indian iar Force lands expresshighway

७ जेठ, काठमाडौं । भारतीय वायु सेनाले एक अभ्यासका क्रममा सडकमै आफ्नो लडाकू विमान अवतरण गरेको छ ।

आपतकालीन अवस्थामा राष्ट्रिय राजमार्गहरुलाई रन वेका रुपमा प्रयोग गरेर विमान उतार्न अभ्यास गरिएको हो, जुन सफल भएको छ ।

लडाकू विमान मिराज २००० मथुरा नजिकै यमुना एक्सप्रेस वेमा सफलतापूर्वक अवतरण गरिएको भारतीय वायु सेनाले जनाएको छ ।

Indian iar Force lands expresshighway 1

यसमा उत्तर प्रदेश सरकार, यमुना एक्स्प्रेसवे अथोरिटी र प्रहरीले सहयोग गरेको थियो । विमान सडकमा उतार्ने क्रममा यमुना एक्स्प्रेस बन्द गरिएको थियो । यो भारतमा पहिलो प्रयोग हो ।

जर्मनी, पोल्याण्ड, स्वीडेन, दक्षिण कोरिया, ताइवान, फिनल्याण्ड, सिंगापुर र पाकिस्तानसहितका केही देशमा विपदको समयमा एक्सप्रेस वे तथा राजमार्गहरुमा विमान अवतरण गर्न सक्ने सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment