Comments Add Comment

बीमा कम्पनीलाई नगद लाभांस बाँड्न रोकियो

beema८ जेठ, काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांस वितरण गर्न नपाउने भएका छन । नियामक बीमा समितिले कम्पनीहरुलाई लाभांस वितरणमा रोक लगाएको हो ।

विनासकारी भूकम्पले देशमा ठूलो क्षति गरेकाले बीमकहरुको दायित्व अकल्पनीयरुपमा सिर्जना हुने भन्दै लाभांसमा रोक लगाइएको समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

‘वित्तीय विवरण स्वीकृत भइसके पनि साधारणसभा नगरेका बीमकहरुले लाभांस वितरण नगर्नुहुन निर्णयअनुसार जानकारी गराइन्छ ।’ समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले गत मंसिर ८ गते वितरणयोग्य नाफाको २० प्रतिशतभन्दा बढी नगद लाभांस नबाँड्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । अहिले फेरि सो २० प्रतिशत नगद लाभांस वितरणमा पनि रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment