Comments Add Comment

ट्रिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु

८ जेठ, रुपन्देही । बुटवल-पाल्पा सडकखण्डको दोभान-५ नर्सरीमा शुक्रबार ट्रिपर  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको झुम्सा जाँदै गरेको बा १ क ९१०० नम्बरको ट्रिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा रुपन्देही रुद्रपुरका २५ वर्षीय विमल बुढाथोकी र नवलपरासी सुनवलका २३ वर्षीय देवेन्द्र गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

चालक बुढाथोकी र सहचालक गुरुङको बुटवलस्थित लुम्विनी अञ्चल अस्पतालमा उपचार गर्न ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । उनीहरुको शव आफन्तले बुझिसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले बताए ।

ट्रिपरको अगाडिको टायर पन्चर भएपछि अनियन्त्रित भइ सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

बससँग ठोक्किँदा चार चालकको मृत्यु

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला चोरमारा जंगलमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ९८ १५ नम्बरको बस र बा ४ च ३७६८ नम्बरको कार ठोक्किदा कार चालक चितवनका ४३ वर्षीय मुकुन्दकुमार न्यौपानेको मृत्यु भएको हो ।

घाइते ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment