Comments Add Comment

नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन

Kuhle

१० जेठ, काठमाडौं । जर्मनी प्रोफेसर तथा विश्वका चर्चित भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो ६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको निधन भएको छ ।

हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट विद्यार्थीहरु लिएर नेपाल आएका थिए । भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ उनको निधन भयो । उनीसँगै उनका केही विद्यार्थीहरुको पनि निधन भयो ।

प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य एशियाको हिमालय क्षेत्रमा लगातार ३० वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको मर्स्याङ्दी। सेतीलगायतका नदी र त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो अनुसन्धान गरेका थिए ।

330px-Matthias_Kuhleएशियाको हिमाली क्षेत्र र यहाँका हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन पुग्यो ।

उनले गरेको अध्ययन र अनुसन्धानले नेपालको हिमाली क्षत्रेमा आइपर्ने विपत्तिबारे अध्ययन गर्न हामीलाई महत्वपूर्ण सन्दर्भ सामाग्री दिएको प्राध्यापक कुलप्रसाद लिम्बु बताउँछन् ।

‘मैले गत साल जर्मनीमा आयोजित एक कार्यक्रममा कुहलेसँग भेटेको थिएँ, लिम्बुले अनलाइखबरसँग भने- ‘त्यहाँ उनले नेपालको हिमाली क्षेत्रमा कसरी वातावरणीय परिवर्तन भइरहेको छ भन्नेबारे व्यास्था गरेका थिए । वास्तवमा उनी हिमनदीको भू-आकृति सम्बन्धी वैज्ञानिक हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment