Comments Add Comment

परिवारका सदस्य गुमाउँदा पनि घर जान पाइएन

११ जेठ, कतार ।  भूकम्पबाट परिवारका पाँच सदस्य  गुमाएका पटमारा–३ जुम्लाका हरि बुढा एक सातादेखि कतारस्थित नेपाली राजदूताबासमा आश्रय लिएर बसेका छन् ।

आँखाभरि आँसु लिएर एकोहोरो टोलाई भक्कानिँदै हरिले भने-“भाइ,  गाडी चलाउने पेसा गर्दै भक्तपुरमा बसेको थिएँ, परिवारसँगै भएकाले छोरालाई पनि पढ्न उतै राखेको थिएँ, विनाशकारी भूकम्पबाट सबैको ज्यान गयो, म घर जान पाएको छैन ।”

एक महिना पुग्न लागिसक्दा समेत उनी नेपाल जान नसक्दा शव बुझेर दाससंस्कार भएको छैन । भूकम्पबाट  आफ्नै भाइ वीरबहादुर,बुहारी लाली, भतिजा उजेश बुढा र सुरेश बुढासँगै आफ्नै छोरा रमेशले ज्यान गुमाएका छन् ।

बाइस महिनाअघि कतार पुगेका  हरिले न त कमाउन नै सके, न त परिवारलाई नै अन्तिम समयमा भेट्न जान पाए । कतार आएको नौ महिनामै कम्पनी बन्द भएपछि उनका दुःखका दिन सुरु भयो ।

कतार आउँदा लिएको ऋणको सावाँ ब्याजले धान्न नसक्ने भएपछि लुकीछुपी काम गर्ने क्रममा बिमारी भएका हरि यतिखेर निकै अशक्त छन् ।

नेपाल जान दूतावासको शरणमा रहे तापनि साता दिनसम्म कुनै चासो नदिँदा उहाँ यतिखेर निकै चिन्तित देखिएका छन् । । दैनिक कतारी १२ रियल खानाका लागि दूतावासले दिन्छ तर, राम्रोसँग एक छाक खानसमेत पुग्दैन । उनले भने-विपत्तिमा परेको बेला कूटनीतिक पहल गरेर नेपाल पठाउन दूतावास सक्रिय नहुँदा अझै कति दिन बस्नुपर्ने हो, कुनै टुङ्गो छैन ।’

पीडित बुढा समस्यामा परेको खबर पाएलगत्तै गैरआवासीय नेपाली सङ्घ कतारले एक हजार २५० रियल रकम उठाई तत्कालै दूतावासमा गएर खानाका लागि सहयोग गरिएको नेपाली सङ्घ कतारका सदस्य प्रेम सिटौलाले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment