Comments Add Comment

दातृ निकायहरुको सम्मेलन असार १० गते तयारी

११ जेठ, काठमाडौं । सरकारले भूकम्प गएको दुई महिना पुगेकै दिन असार १० गते दातृ निकायहरुको सम्मेलन गर्ने तयारी गरेको छ ।

अर्थमन्त्री डा. रामशरण महतका अनुसार सम्मेलन असार १० गते काठमाडौंमा गर्ने तयारी छ । विभिन्न देशले सम्मेलन आयोजना गर्न सघाउने प्रस्ताव गरेपनि सरकारले काठमाडौंमा नै दाताहरुको सम्मेलन गर्ने भएको हो ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले सोमबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री महतले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न आग्रह गरे ।

वषर्ा अगावै भूकम्प प्रभावितहरुलाई अस्थायी राहतको प्रवन्ध गर्न केन्द्रस्त रहेको भन्दै उनले त्यसपछि पुनःनिर्माणको काम सुरु हुने जानकारी दिएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले सबै क्षेत्रको सकारात्मक र सक्रिय सहयोगको अपेक्षा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment