Comments Add Comment

सवारी दुर्घटनामा एकको मृत्यु

१२ जेठ, नवलपरासी । नवलपरासीको रामनगरमा सोमबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रामनगर गाविस वडा नम्बर २ बडेरामा ट्रक र मिनी ट्रक ठोक्किँदा गम्भीर घाइते भएका कपिलबस्तु घर भइ हाल सुनवल बस्दै आएका २० वर्षका आशिष थापाको मृत्यु भएको हो ।

गम्भीर घाइते थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख ७५५९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा १ क ३५३१ नम्बरको मिनी ट्रक एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment