Comments Add Comment

२५ हजार घरधुरीका लागि निःशुल्क सौर्य ऊर्जा, देशभरका ९१ लघुविद्युत आयोजना बन्द

१५ जेठ, काठमाडौ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भुइँचालोबाट ध्वस्त भएका २५ हजार घरधुरीका लागि तत्काल निःशुल्क सौर्य ऊर्जा जडान गरिदिने भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सिन्धुपाल्चोक, दोलखा, नुवाकोटलगायत जिल्लालाई लक्षित गरी उक्त परिणामका सौर्य ऊर्जा पाता जडान गर्न लागिएको नागरिक दैनिकमा खबर छ ।

प्रभावित जिल्लाका १२ हजार परिवारका लागि सोलार जडान गर्ने विषयमा निर्णय भइसकेको केन्द्रका कार्यर्कारी निर्देशक रामप्रसाद धिमालले बताए ।

थप १३ हजार घरधुरीका लागि सोलार जडान गर्ने विषयमा निर्णय हुन बाँकी रहेको उनले बताए । निःशुल्क सोलार पाता जडानका साथै बायोग्यास र सुधारिएको चुल्होसमेत निःशुल्क जडान गरिदिने गरी काम सुरु भएको धितालले बताए ।

केन्द्रले भूकम्पपीडित ९ हजार ५ सय परिवारका लागि सुधारिएको चुल्हो र ५ सय बायोग्यास तत्काल जडान गरिदिने भएको छ । वैकल्पिक ऊर्जा क्षेत्रमा देशभर करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

भुइँचालोबाट साना तथा लघु जलविद्युत आयोजना, सौर्य ऊर्जा, बायोग्यास र सुधारिएको चुल्होमा ब्यापाक क्षति पुगेको छ । केन्द्रका अनुसार ३४ जिल्लामा २ सय ६२ लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ भने ९१ आयोजना बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment