Comments Add Comment

आज सातौं गणतन्त्र दिवस

susil-koirala1

१५ जेठ, काठमाडौं । आज सातौं गणतन्त्र दिवस । नेपालमा गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको सम्झना गर्दै आज गणतन्त्र दिवसको औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन् । विगतका वर्षहरुमा भने गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति तथा सरकारका प्रमुख, प्रधानमन्त्री, मन्त्रीहरुको उपस्थितिमा औपचारिक कार्यक्रम सञ्चालन गरिने गरिएको थियो ।

०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

यसैबीच गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालासहित सबै मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रको सरसफाइमा खटिएका छन् ।

प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले बसन्तपुर दरवार स्क्वायर परिसरमा सफाइ गरेका छन् ।

त्यस्तै उर्जामन्त्री राधा ज्ञवाली, भुमिसुधार मन्त्री दलबहादुर राना र शिक्षामन्त्री चित्रलेखा यादव पाटन दरवार स्क्वायरमा खटेका छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बुङमतीको सफाइमा खटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment