+
+
Shares

कर्णदास पनि नेपाल फर्कने

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते ९:१८

karna-das

वासिंगटनडीसी । अभिनेता सरोज खनालले सँधैका लागि नेपाल फर्किने निर्णय गरेपछि गायक कर्णदाशले पनि नेपाल फर्किने बताएका छन् ।

जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका गायक कर्णदासले दश वर्षपछि नेपाल र्फकने निर्णयमा गरेका हुन् ।

अमेरिकाको डीसी महानगरको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने कर्णदास गत जुन ७ मा नायक सरोज खनालको बिदाई समारोहमा उपस्थित थिए ।

कार्यक्रममा गीत प्रस्तुत गर्नु अघि भाबुक मुडमा कुरा राख्दै आफु पनि नेपाल चाडै र्फकने बताए ।

केही समय अघि नेपाल जानको लागि टिकट समेत काटेको प्रसंग सुनाउँदै उनले आफ्ना शुभ चिन्तकको सल्लाहमा टिकट रद्ध समेत गर्नु परेको बताए ।

उनले आफु काम गर्ने कम्पनि मालिकलाई समेत नेपाल जाने जानकारी दिईसकेका छन् । मैले जानकारी गराईसकें । मेरो ठाउँमा अर्को मान्छेले नियुक्ति पाएपछि मैले विदा पाउँछु ।’

‘सरोज खनाल भन्दा म अगाडि जान चाहन्थें । मलाई उहाँले उछिन्नु भो ।’ कर्णदासले भने । – विजय थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?