+
+
Shares

बेत्रावती खण्डमा पैदल यात्रु आवागमन रोकेर ट्र्याक खोलिँदै

काम भइरहेको समयमा पैदल यात्रु जुनसुकै बेला काम भइरहेको स्थानबाट आवतजावत गर्दा ट्र्याक खोल्ने काममा ढिला भएको योजनाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १२:४९

१५ असोज, काठमाडौं । गल्छी रसुवागढी सडक अन्तर्गत उत्तरगया स्कुलदेखि बेत्रावतीसम्म सडकको ट्र्याक खोल्ने प्रयोजनका लागि पैदल यात्रु आवागमन समेत रोकिएको छ ।

बिहान ६ देखि साँझ ६ बजेसम्म हरेक २ घण्टाको बीचमा १५/२० मिनेटमात्र पैदल यात्रुलाई आवतजावत अनुमति दिने गरी व्यवस्था मिलाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

यस स्थानमा ट्र्याक खोल्ने काम भइरहेको समयमा पैदल यात्रु जुनसुकै बेला काम भइरहेको स्थानबाट आवतजावत गर्दा ट्र्याक खोल्ने काममा ढिला भएको योजनाले जनाएको छ ।

यसले असुरक्षा समेत भएको भन्दै पैदल यात्रु आवतजावतमा कडाइ गरिएको हो । रातको समयमा समेत यो खण्डमा यात्रा नगर्न सूचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?