१५ असोज, काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीहरूका लागि सन्ततिको उच्च शिक्षा र आफ्नै घर बनाउने सपना पूरा गर्न आकर्षक कल्याणकारी सुविधाहरू प्रस्ताव गरेको छ।
विधेयकको दफा ४९ ले कर्मचारीका छोराछोरीको शिक्षालाई सुरक्षित गर्न शैक्षिक बीमा योजना लागु गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
यो ऐन प्रारम्भ भएपछि निजामती कर्मचारीका बढीमा दुई सन्ततिलाई स्नातक तहसम्मको अध्ययनका लागि आवश्यक पर्ने खर्च जुटाउन यस्तो शैक्षिक बीमा योजना लागू गरिनेछ।
यसले कर्मचारीलाई सन्तानको उच्च शिक्षामा पर्ने आर्थिक भारबाट ठूलो राहत दिने अपेक्षा गरिएको छ।
यसैगरी, कर्मचारीको आवाससम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न विधेयकको दफा ५२ मा विशेष आवास सुविधाको प्रस्ताव गरिएको छ। यस व्यवस्थाअनुसार नेपाल सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद गर्न तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न सक्नेछ।
यद्यपि, यस्तो सस्तो ब्याजदरको ऋण सुविधा कुनै पनि निजामती कर्मचारीले आफ्नो सम्पूर्ण सेवा अवधिभरमा एकपटक मात्र लिन पाउने सर्त विधेयकमा राखिएको छ।
प्रतिक्रिया 4