Comments Add Comment

पारसकी थाई प्रेमिकाका नेपाली ‘मित्र’ बढ्दै

१५ असार, काठमाडौं । पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसार्न पछिल्लो समय फेसबुकमा नेपाली साथीहरुसित रमाउन थालेकी छिन् । फेसबुकमा उनलाई साथी बनाउने नेपालीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।
kannika1
चार वर्ष पुराना प्रेमी पारस साह नेपाल फर्केर ‘गुप्तवास’ बसिरहेका बेला कन्निकाले फेसबुकमा मन बहलाउन थालेकी हुन् । रातो साडी-चोलो लगाएको प्रोफाइल पिक्चर मन पराएर थुप्रै नेपालीले प्रशंसा गरिदिएपछि उनी मख्ख परेकी थिइन् ।

नेपालीहरुले कन्निकालाई ‘क्यूट’ र ‘सेक्सी’ भन्दै तारिफ ठोकेका छन् । उनले पोष्ट गरेका स्टाटस र तस्बिरहरुमा नेपालीको तुलनामा थाइ मित्रहरुको प्रतिक्रिया नगण्य देखिन्छ ।

आफूप्रति चासो राख्ने नेपालीहरुलाई सम्वोधन गर्दै उनले फेसबुकबाटै अभार व्यक्त गरेकी छिन् ।

Kannika-with-friend

आलोचक पनि उत्तिकै

कन्निकाको व्यक्तित्व र सुन्दरतालाई प्रशंसा गरे पनि पारससितको सम्वन्धलाई लिएर भने धेरैले उनको कटु आलोचना गरेका छन् । केही दिनअघि माइ हसबेन्ड भन्दै पोष्ट गरेको पारसको तस्बिरमा नकारात्मक प्रतिक्रिया धेरै आएपछि उनले सो तस्बिर नै फेसबुकबाट हटाइन् ।

अर्काको परिवार भाँडेको आरोप आफूमाथि लागेपछि उनले एउटा स्पष्टीकरण पनि लेखिन् । अंग्रेजीमा लेखिएको स्पष्टीकरणको भाव थियो, ‘पि्रय साथीहरु, म एकमद सिधा व्यक्ति हुँ, पारससित एउटा दुर्घटनाका कारण भेट भयो । त्यतिबेला मलाई उनी विवाहित हुन् भन्ने थाहा थिएन । किनकि, मेरो अरु कोही नेपाली साथी थिएनन् । म तपाईंहरु सबैसित क्षमा माग्छु ।’

फुर्क्याउने पनि के कम !

Nepali-Prince-Parashफेसबुकमा कन्निकालाई फुर्क्याउनेहरुको पनि कमी छैन । कसैले उनलाई ‘नेपाली प्रिन्सेस’ भनेर सम्वोधन गर्नसमेत भ्याएका छन् भने कसैले नेपाल आएर पारससित नयाँ जीवन थाल्न सुझाएका छन् । कन्निकाको फेसबुकमा आएका केही प्रतिनिधि कमेन्ट यस्ता छन् :

मोहनकुमार चौहान लेख्छन्ः  माम्स पुष्पको व्यवसाय पारखी हुन् पारस भन्ने तिम्रा साजन । नाम नखुलेको कालो पदार्थले अपरब्रेन सिध्यायो । अब कामबासना सिवाय यो मत्र्यलोकमा केही गर्लान्जस्तो मलाई लाग्दैन ।

दोरिक यादव : तिमीले हाम्रा पूर्वयूवराजको ज्यान जोगायौ । उनलाई खराब समयमा साथ दियौ । सबै नेपालीको तर्फबाट धन्यवाद छ । अब उनलाई आफ्नो परिवारसित रमाउन देउ । तिमी पनि आफ्नो परिवार बसाल ।
शाही रवीन्द्र : नेपाल र नेपालको राजपरिवारका विषयमा जेसुकै सोच, तिमीलाई नेपाल आउन अनुमति छैन । गोर्खालीहरु नेपालमा तिम्रो मुख हेर्न चाहँदैनन् ।
रवीन्द्र कँडेल : तिमीले नेपालका पूर्वयूवराजको ज्यान बचाएकी छौ । त्यसैले पारसमाथि तिम्रोमात्रै हक लाग्छ । तिमीलाई नेपालमा स्वागत छ ।
क्रिस मैनालीः प्लिज कन्निका, आफ्नो लागि अरु कोही खोज । नेपाली युवराज्ञीको जीन्दगी नबिथोलिदेउ । एउटी स्त्री भएर अर्की स्त्रीको भावना बुझ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment