Comments Add Comment

एनआरएन केन्याको अध्यक्षमा बस्याल र महासचिवमा भट्ट सर्वसम्मत

nrna_logo_latestनैरोबी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसदको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा रामचन्द्र बस्याल र महाचिवमा कृष्णदत्त भट्ट सर्वसम्मत चयन भएका छन् ।

केन्याको नैरोबीमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा प्रकाशजंग रायमाझी, कोषाध्यक्षमा जशिष गुप्ता, सचिबमा बिष्णु कार्कीलाई निर्वाचित गरेको छ ।

परिषदको युवा संयोजक सुरेश भट्टराई र महिला संयोजकमा सुपि्रती तिमिल्सिना आचार्यलाई मनोनयन गरिएको एनआरएन केन्याले जनाएको छ ।

हाल केन्याबाट अन्तर राष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्ने सदस्य सुनिल कार्कीलाई पुनः अर्को कार्यकालको लागि निर्वाचित गरिएको छ । अफ्रिका क्षेत्रका उपसंयोजक एकनाथ खतिवडाले महाधिवेशनको उद्घाटन गरेका थिए ।

कार्यक्रममा एनआरएन एनसीसी संस्थापक सभापति तथा सल्लाहकार कुलबहादुर कार्की, एनआरएन अन्तर राष्ट्रिय समिति सदस्य सुनिल कार्की लगायतले एनआरएनहरुले जुनसुकै ठाउँमा रहेर पनि नेपाल र नेपालीको हितमा काम गर्ने जनाए ।

अधिवेशनबाट गैरआवासीय नेपाली संघ केन्यालाई आवश्यक सहयोग गर्न कुलबहादुर कार्कीको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको नवनिर्वाचित महासचिव भट्टले जानकारी दिए ।

महाधिबेशन सम्पन्न गर्न चिरन्जिबी तिवारी, पिताम्बर गैरे लगायतले आर्थिक सहयोग प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment