Comments Add Comment

नियम निलम्बन गर्दै संविधानसभाले खोल्यो फास्ट ट्रयाक

CA-Meeting

  • नियमावली निलम्वनको विरोधमा नाराबाजी गर्दै असन्तुष्ट सभासदहरु

१७ असार, काठमाडौं । राप्रपा नेपाल र मधेस केन्द्रित साना दलको नाराबाजीका बीच संविधानसभाले संविधानसभा नियमावलीको नियम ९३ को उपनियम ३ निलम्बन गरि संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने बाटो खोलेको छ ।

नियमावलीमा प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएको सात दिनपछि छलफलका लागि परिपक्व हुने व्यवस्था थियो । तर, फास्ट ट्र्याकबाट संविधान जारी गर्नका लागि प्रमुख दलहरु नियम निलम्बन गर्न सहमत भएका हुन् ।

यसअघि राप्रपा नेपाल र मधेस केन्द्रित केही दलले धारा निलम्बन गर्न नहुने माग गरेका थिए । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको कार्यव्यवस्था परामर्श समितिमा लामो छलफल भएपछि निलम्बनको निर्णय भएको हो ।

बैठकमा साना दलहरुको नाराबाजी र रोष्टम घेराउका बीच कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निलम्बनको प्रस्ताव पेश गरेका थिए । एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले समर्थन जनाएका थिए ।

सभाध्यक्ष नेम्वाङले नाराबाजीकै बीच प्रस्ताव निर्णयार्थ पेश गरी ध्वनिमतका बहुमतले पारित भएको घोषणा गरेका थिए । अब यो निलम्बनसँगै संविधान निर्माणको फास्ट ट्रयाक खुलेको छ ।

Bishendra-Paswan-in-CA-Nepa
रोष्टम अगाडि बसेका सभासद विश्वेन्द्र पासवान

यसअघि संविधानसभा बैठक शुरु हुनासाथ राप्रपा नेपाल लगायत केही साना दलद्वारा शुरुमै अवरोध सिर्जना गरेका थिए । सभासद विश्वेन्द्र पासवान रोष्टम अगाडि पलेटी कसेर बसी बिरोध जनाएका थिए ।

संविधानसभाको सोमवारको बैठकबाट मस्यौदामाथिको छलफल प्रारम्भ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment