Comments Add Comment

एरेन्ज म्यारिज गर्न चाहन्छन् सलमान खान

बलिउडमा जती चर्चा सलमान खानको कामको हुन्छ, त्यती नै चर्चा उनको बिबाहको पनि हुन्छ । लामो समयदेखि बिबाहको प्रश्नमा घेरिएका सलमानले मुख खोलेका छन् ।
salman khan
बलिउडका थुप्रै यूवतीसँग नाम जोडिएपनि सलमानको बिहे हुन सकेन । सबै नायिकासँगको प्रेम असफल भएपछि सलमान पनि सायद लभ म्यारिजबाट हच्किएको हुनसक्छ ।

सायद, यसैले उनले एरेन्ज म्यारिज गर्ने बताएका छन् । सलमानका अनुसार उनी एरेन्ज म्यारिज गर्न चाहन्छन् र यसमा गम्भिर पनि छन् । तर, उनलाई आजसम्म एरेन्ज म्यारिजका लागि अफर नै आएको छैन । जब, यसबारेमा अफर आउँछ, तब गम्भिर रुपमा यसलाई सोच्ने सलमानको भनाई छ ।

सलमानले साहिद कपुरले एरेन्ज म्यारिज गर्न लागेकोमा पनि खुशी व्यक्त गरे । उनले प्रेम बिबाह भन्दा मागी बिबाह राम्रो हुने बताए । सलमानले आफूले पनि मागी बिबाह रुचाएको र यस्तै खालको बिहे गर्ने खुलाएका हुन् ।

सलमानका अनुसार मागी बिबाह लामो समयसम्म टिक्छ, तर प्रेम बिबाह चाडै नै टुट्छ । यसैले आफूले पनि मागी बिबाह नै रोजेको सलमानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment