Comments Add Comment

महिन्द्रा मोटरले भारतमा सैनिक हेलिकोप्टर बनाउने

mahindra-eurocopter

२० असार, नयाँ दिल्ली । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्रा मोटरले अव भारतबाटै सैनिक हेलिकोप्टर बनाउने भएको छ ।

युरोपेली विमान निर्माता कम्पनी एयरबस र महिन्द्रा मोटर कम्पनीबीच भएको सम्झौताबाट भारतमा हेलिकोप्टर निर्माण गर्ने पहिलो प्रयास सुरु भएको हो ।

सम्झौता अनुसार आगामी अगस्टदेखि दुई कम्पनीबीचको परियोजना सुरु हुनेछ । महिन्द्रा कम्पनीसँगको साझेदारीमा भारतमा निर्माण गरिने हेलिकोप्टर गुणात्मक, सुरक्षाको दृष्टिले स्तरीय र युद्धका लागि उपयोगी हुने एयरबस हेलिकोप्टरका प्रमुख कार्यकारी अधिकृत गुइलाम फरीले जानकारी दिए ।

Airbus-Helicoptre

महिन्द्राका डिफेन्स सिस्टमका अध्यक्ष एसपी शुक्लाले एयरबससँग मिलेर भारतका लागि आगामी पुस्ताको हेलिकोप्टर उत्पादन गर्ने योजना रहेको बताए ।

भारतले आफ्ना पूराना सैनिक उपकरण सुधार योजना अघि बढाइरहेका बेला एयरबस र महिन्द्राबीच भएको सम्झौतालाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा समेत महत्वपूर्ण बजार हिस्सा ओगटेको महिन्द्रा भारतको चर्चित मोटर उत्पादक कम्पनी हो । जसले एसयुभी मोटर, बस, ट्रक, ट्याक्टर, पावर जेनेरेटर, बिद्युतीय कार लगायत उत्पादन गरिरहेको छ ।
-एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment