Comments Add Comment

बलिउडका ३ खानसँग काम गर्न नचाहने टाइगर

tiger-shraffffff
बलिउडका चर्चित ३ खान साहरुख, आमिर र सलमानसँग काम गर्न कसले चाहदैन होला । उनीहरुको चलचित्रमा केमियो भूमिकामा देखिन पनि तयार हुन्छन्, कैयौ कलाकार । तर, एक यस्ता नयाँ कलाकार पनि छन्, जसलाई ३ खानसँग काम गर्नु नै छैन ।

कलाकार ज्याकी श्राफका छोरा टाइगर श्राफ बलिउडका ३ खानसँग काम गर्न नै चाहदैनन् । चलचित्र ‘हिरोपन्थी’बाट बलिउडमा डेब्यू गरेका उनले आफ्नो अभिनय र डान्सबाट दर्शकलाई लोभ्याएका थिए । उनी अहिले नायिका श्रद्धा कपुरसँग ‘वागी’ चलचित्रमा काम गरिरहेका छन् ।

आखिर, ३ खानसँग टाइगरले काम गर्न नचाहनुको कारण के रहेछ त ? संचारमाध्यमले सोधेको प्रश्नमा टाइगरले भने-‘म ३ खान मध्ये कोहीसँग पनि काम गर्न चाहन्न । यदि, मैले उनीहरुसँग काम गरे भने चलचित्रमा मलाई कसले हेर्छ र ?’

३ खानको लोकपि्रयताले आफू छायाँमा पर्छु भन्ने डर टाइगरमा रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment