Comments Add Comment

घाँटी रेटेर महिलाको हत्या, परिवारका सदस्य फरार

गौतम श्रेष्ठ
२१ असार, रौतहट । रौतहटको पचरुखी गाविस २ मा एक महिलाको विभत्स हत्या भएको छ । २८ वर्षीया रञ्जु देवी ठाकुरको ब्लेडले घाँटी काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

उनी पचरुखी २ छतौना टोल बस्ने बली ठाकुर हजामकी श्रीमती हुन् ।

रञ्जुलाई आइतबार दिउँसो घरकै सदस्यहरु मिलेर ब्लेडले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि परिवारका सबै सदस्यहरु फरार छन् । उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

‘घटनास्थलमा रक्ताम्य भएको ब्लेड भेटिएको छ । अन्य कुनै धारिलो हतियार नभेटिएकाले ब्लेडले नै घाँटी रेटेर हत्या गरिएको हुनसक्छ,’ घटनास्थलको अनुसन्धान गर्न पुगेका जिल्ला प्रहरीका प्रहरी निरिक्षक रामप्रकाश चौधरीले भने, ‘शव घरमै छाडेर परिवारका सबै सदस्य फरार छन् । उनीहरुको खोजी र हत्याको कारणबारे अनुसन्धान गर्दैछौं ।’

सर्लाहीको बहादुरपुर गाविस ९ स्थित रञ्जुको माइतमा घटनाको खबर पुर्‍याइसकिएको प्रहरीले जनाएको छ ।

घरका कुनै सदस्यहरुलाई नदेखेपछि र अबेरसम्म घरको ढोका बन्द देखेपछि आइतबार राति छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक चौधरीले आइतवार दिउँसो रञ्जुको हत्या भएको हुनसक्ने बताए । महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment