Comments Add Comment

इंग्ल्यान्डमा सुनील र परशुरामलाई काश्य

२१ असार, काठमाडौं । साग स्वर्ण पदक विजेता सुनील लामा र काश्य विजेता परशुराम बास्तोलाले १९ औं सेन्ट्रल इंग्ल्यान्ड ओपन कराते प्रतियोगितामा काश्य पदक जितेका छन् ।

लामाले कुमुतेको ६७ किलो तौल समुहमा काश्य जितेका हुन् । यसैगरी, परशुरामले एकल कातामा काश्य जिते । लामा सहभागि तौल समुहमा घरेलु टोलीका खेलाडी पहिलो भए भने आयरल्यान्डका खेलाडीले रजत जिते ।  नेदरल्यान्डका खेलाडीले सुनीलसंगै काश्य जिते ।

परशुरामको स्धर्पामा नेदरल्यान्डका खेलाडीले स्वर्ण, तथा युकेका खेलाडीले रजत जिते । परशुरामसंगै आयरल्यान्डका खेलाडीले काश्य जिते ।

गत १२ बैशाखको भूकम्पका कारण घर क्षती हुनुका बाबजुद लामाले प्रशिक्षणलाई निरन्तरता दिएका थिए । बालाजु कराते एकडेमीका उत्पादन लामा हाल एपीएफमा आबद्ध छन् । उनी ढाकामा भएको ११ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिते पछि नेपाली खेलकुदमा चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment