Comments Add Comment

डेढ सय पेन्टी चोरिए, २ लाखको नोक्सानी

Chadi

ब्रा चोरबाट हैरान भएको अमेरिकाको एक फेन्सी स्टोरमा पेन्टी चोर पनि पल्केको छ । अमेरिकाको पेन्सिल्भेनियास्थित एक स्टोरबाट १ सय ४० जोर पेन्टी चोरी भएका छन् ।

विल्केस ब्यारी सहरस्थित उमिङ भ्याली मलका मालिकले गएको बिहिबार पसलबाट चोरले झण्डै डेढसय थान पेन्टी चोरेको उजुरी प्रहरीमा गरेपछि घटनाको खुलासा भएको हो । यी पेन्टीको मूल्य २ हजार १ सय ८० डलर अर्थात् २ लाख १० हजार रुपैयाँभन्दा बढि रहेको दाबी स्टोर मालिकको रहेको छ ।

स्मरण रहोस् उक्त मलबाट गएको फेब्रुअरी, मार्च र अपि्रलमा गरी डेढ सय वटा ब्रा समेत चोरी भएका थिए ।

अपि्रलमा भएको चोरीमा दुइजना महिला संलग्न भएको देखिएको थियो । सपिङ मलको सिसिटीभी फुटेजमा दुइजना महिलाले आफ्ना झोलामा ब्रा हरु कोचिरहेको देखिएको थियो । चोरी भएका ब्राका कारण स्टोरलाई ७ हजार ७ सय डलर अर्थात् झण्डै ८ लाख रुपैयाँ नोक्सानी भएको थियो ।

पछिल्लो पेन्टी चोरीको प्रकरणमा कुनैपनि भिडियो तथा सुराकी प्राप्त नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment