Comments Add Comment

दलका कार्यकर्तालाई मात्र परिचयपत्र

२२ असार, नुवाकोट । भूकम्पपछि नुवकोटमा राहत तथा परिचयपत्र वितरणलाई राजनीतिक दलहरुले राजनीति गर्ने माध्याम बनाएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेस, एमाले, एमाओवादीजस्ता सीमित ठूला दलहरुका संगठनमा आवद्ध वा नजिक भएमा मात्रै सरकारले दिने सेवा सुविधा लिन पाउने बाध्यकारी अवस्थाले भूकम्पबाट उठिबास लागेका नागरिकहरुमा झनै निराशा थपिएको नेपाल समाचारपत्रमा खबर छ ।

विनाशकारी भूकम्पले घर भत्किएपछि घरविहीन भएका भूकम्पपीडित परिवारलाई उपलब्ध गराउने परिचयपत्र वितरणमा नुवकोटका गाउँहरुमा दलीय संयन्त्रले आफ्ना कार्यकर्तालाई मात्र सिफारिस गर्न थालेका छन् ।

वास्तविक घरवारविहीनलाई भन्दा नक्कली भूकम्पपीडित र त्यसमा पनि राजनीतिक कार्यकर्तालाई परिचयपत्र दिन थालेपछि विभिन्न गाविसमा विवादसमेत बढेको छ । गाविस सचिवमार्फत राजनीतिक दलको संयन्त्रसहितको टोलीलाई परिचयपत्र वितरणको जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment