Comments Add Comment

कुखुरा पालनमा जैविक सुरक्षा अपनाउन आग्रह

२२ असार, चितवन । कुखुरापालक किसानलाई विज्ञहरुले जैविक सुरक्षा प्रणाली अपनाउन आग्रह गरेका छन् ।

व्यवसाय सुरक्षित हुने, रोगबाट बचाउन सकिने र लागत पनि घट्ने भएकाले यसतर्फ ध्यान दिन विज्ञहरुले कुखुरापालक किसानलाई सुझाव दिएका हुन् । कुखुराकै विषयमा पिएचडी गर्नुभएका डा होमबहादुर बस्नेतले कुखुरा व्यवसायीमा जैविक सुरक्षाबारे जानकारी हुँदाहुँदै पनि लापरबाही गरिरहेको बताए ।

कुखुराको खोरमा पस्दा, नुहाइधुवाई गरेर सफा कपडामा जानुपर्छ, चुना छरेको र अगाडिको चुनापानीमा टेकेर जानुपर्छ, नयाँ मान्छेलाई सजिलै प्रवेश गराउनु हुँदैन, चरा तथा बाहिरी दुषित वातावरणबाट जोगाउनुपर्छ भन्ने कुरा सामान्य भए पनि व्यवसायी यस्ता विषयमा गम्भीर नबनेको उनको भनाइ छ ।

कुखुरा फार्म सम्बन्धीका विज्ञ डा बस्नेतले जैविक सुरक्षा अपनाउन सके कुखुरामा एन्टिबायोटिक समेत धेरै प्रयोग गर्नु नपर्ने दाबी गरे ।  विगतमा जैविक विषादीकै कारण लागत खर्च ५० प्रतिशत भन्दा बढीले घटेको उदाहरण दिँंदै, ठूलो नाफा खान खोज्दा किसान खाल्डोमा पर्नेगरेको दाबी गरे ।

 डा बस्नेतले ‘अल ईन, अल आउट’ भन्ने सिद्धान्तलाई व्यवसायीले आत्मसाथ गर्नुपर्ने उल्लेख गरे । दुई÷तीनवटा खोरमा फरकफरक उमेर अनुसारका कुखुरा पाल्दा एउटा कुखुराबाट अर्काे कुखुरामा रोग सर्ने भएकाले सबै खोरमा एकैचोटी र एउटै उमेर समूहका कुखुरा पाल्नुपर्ने विज्ञहरुले बताएका छन् ।

सबै कुखुरा एकैचोटी बिक्री गर्दा खोर सफा गरेर नयाँ पाल्न सकिने उनको भनाइ छ । जिल्लामा ठूला व्यवसायीले ‘अल ईन अल आउट’को सिद्धान्त अपनाए पनि साना व्यवसायीले अझै यसो गर्न सकेका छैनन् । जैविक सुरक्षा प्रणाली नअपनाउँदा कुखुरामा एन्टिबायोटिक बढी प्रयोग गर्नुपर्ने भन्दै यसतर्फ सचेत हुन पशु सेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment