Comments Add Comment

नेेपाली पथ

कृष्णराज बजगाईं

भाषा भेष जलाउन्या मुलुककोतत्वै सुकाई लिन्या ।
आफ्नो नष्ट गरी परत्रहेरुको सेवा महा मन् दिन्या ।।
विरुप् व्याकरणको गरी जगतमा लाजै नमानी रति ।
भाषा सेवकको मुकुट् पहिरिन्या हिड्न्या कति छन् कति ।।

ह्रस्व दीर्घ विलुप्त पारीकन झन् घुस्यो अराजक् नीति ।
मोटो पेट चिर्यो सबै स हुन गो विर्ग्यो रीति औ स्थिति ।।
तत्सम् तद्भव शत्रुका रुप भया झर्रो भयो झन् ठूलो ।
यही आत्मविध्वंस दुष्ट मतिले भाषा भयो झन् धुलो ।।

भाषा लुप्त गरी देशै हरी लिन्या पथमा बढ्यो दुर्मति ।
तिम्रै सन्ततिका विध्वंस मतिले शालिक् टुट्या झन् कति ।।
क्ष को छे भई ज्ञ को ग्य हुन गयो अक्षर् मर्या हर घडी ।
भाषाको वदहाल देखी लोकमा रुन्थ्यौ तिमी धर् धरी ।।

पुस्तकहेरु जलाई भष्म तनमा घस्न्या बढ्या वेस्सरी ।
भाषा मारी विगारी देश् वेची लिन्या छल्छाम केवल् गरी ।।
भाषा रक्षक भक्षकै हुन गया आफ्ना पराया भया ।
भाषा नष्ट गर्या भलादमी हुन्या पथ्मा नेपाली गया ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment