Comments Add Comment

दीलवालेमा शाहरुख र काजोलसँगै अजय पनि

Ajay-Kajol-SRK

मुम्बई । शाहरुख खान र काजोलले अभिनय गरेको चलचित्र ‘दिलवाले’को सुटिङ नसकिंदै चर्चा सुरु भएको छ ।

शाहरुख र काजोलको मुख्य भुमिका रहेको यस चलचिमा अजय देबगणले पनि अभिनय गर्ने भएका छन् । उनको केमियो रोल हुने निर्देशक रोहित शेट्ठीको भनाई छ ।

निर्देशक शेट्ठीलाई सुरुमा अभिनयका लागि अजयलाई मनाउन समय लागेको थियो । अहिले उनको रोल निकाल्न समस्या परेको छ । निर्देशक रोहितले अजयलाई अभिनय गराउने सोच पछि मात्रै बनाएका हुन् । तशर्थ कस्तो भुमिका दिने भन्नेमा उनी तनाबमा छन् ।

दीलवालेको बुल्गेरियामा सुटिङ भएइरहेको बेला अजय देबगण पुगेपछि निर्देशकले अजयलाई पनि अभिनय गराउने सोच बनाएका थिए । उक्त भेटघाटमा शाहरुख र अजयले दुइघण्टा बढी कुराकानी गरेका थिए । अहिले शाहरुख र अजयको सम्बन्ध राम्रो भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment