Comments Add Comment

आदित्य अस्पताल भर्ना, शुक्रबार एमआरआई गरिने

१४ साउन, काठमाडौं । उपचारारार्थ अमेरिका लगिएका बालक आदित्य दाहाललाई स्ट्याण्डफोर्ड अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य अनुसन्धान थालिसकेका छन् ।

फाइल फोटो
फाइल फोटो

आदित्यलाई मंगलबार अमेरिकाको क्यालिफोर्नियामा अवस्थित स्ट्याण्डफोर्ड अस्पताल भर्ना गरिएको हो । रगत तथा पिसाबको प्रारम्भिक परीक्षणहरुमा केही पनि गडबडी देखिएको छैन ।

अस्पतालले शुक्रबार बिहान उनको एमआरआई गर्ने आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले जानकारी दिए ।

‘एमआरआईको रिपोर्ट आएपछि मात्र आदित्यको केस ह्याण्डल गर्ने मुख्य डाक्टरले हेर्नुहुन्छ,’ आदित्यका बुवाआमासित नियमित सम्पर्कमा रहेका उनले अनलाइनखबरलाई भने ।

अस्पतालमा आदित्य प्रफुल्लित र उत्साहित मुद्रामा रहेको शेषराजलाई उदृत गर्दै प्रसाईले बताए ।  शारीरिक रुपमा दुर्बल आदित्य उपचारका लागि एक साताअघि बाबुआमाको साथमा अमेरिका प्रस्थान गरेका थिए ।

सोमबार चिकित्सकहरुले उनको सामान्य स्वास्थ्य परीक्षण गरेपछि मंगलबार अस्पताल भर्ना गरिएको हो । अस्पतालको विशेष क्याविनमा राखिएका आदित्यका साथ बुवा शेषराज र आमा ईश्वरा छन् । उनलाई सीमित चिजहरु मात्रै खान दिइएको छ ।

अमेरिकामा रहेका नेपाली संघ-संघठनहरुले आदित्यको उपचारमा निकै चासो लिइरहेका छन् । यद्यपि, अस्पतालले बाबुआमा बाहेक अरुलाई आदित्यसित भेट्न अनुमति दिएको छैन ।

आदित्यकै आग्रहअनुसार उनको आश्चर्यजनक क्षमताको विषयमा चिकित्सकहरुको टोलीलाई विस्तृत जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment