Comments Add Comment

हिँउदमा करिश्माले मधेशको कथा भन्ने

shilpa-and-karishma-

काठमाडौं । १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी करिश्मा मानन्धरको चलचित्र ‘फागु द कलर अफ लाईफ’को रिलिज मिति पक्का भएको छ । निर्देशक सम्झना रौनियारले दिएको जानकारी अनुसार फागुन ७ गते यस चलचित्रको सार्वजनिक प्रदर्शन हुने भएको छ ।

मधेस केन्दि्रत कथा भएपनि निर्देशक रौनियार विषय प्रष्ट्याउन चाहन्नन् । फागु र मधेशको सम्बन्धमाथी चलचित्र केन्दि्रत रहेको छ । शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल बसन्त भट्ट लगायतका कलाकारले यस चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका छन् ।

लगानी करिश्माको भएपनि यसमा उनले निकै छोटा भुमिका निर्वाह गरेकी छिन् । १२ वर्षअघि बाबुसाहेब निर्माण गरेकी करिश्माले आगामी दिनमा निर्माणलाई निरन्तरता दिने बताएकी छिन् । उप्रेतिले यस अघि नम्रता श्रेष्ठ र सिद्धार्थ कोईरालालाई लिएर ‘मेघा’ बनाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment