Comments Add Comment

जान्वी र सविनको रोमान्स हेर्न पाइने

janabi-sabin

काठमाडौं । जान्वी बोहोराले अभिनय गरेको चलचित्र ‘सपना तिम्रो मेरो’ दर्शकको विचमा आउने भएको छ । यस चलचित्रमा जान्वीले सबिन श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।

ऋषिराज आचार्यको निर्देशन रहेको यस चलचित्रमा युवा पुस्ताको प्रेमप्रसँगलाई स्थान दिएको निर्देशक आचार्यको भनाई रहेको छ । काठमाडौं, मुडे लगायतका स्थानमा सुटिङ गरिएको यस चलचित्रमा सम्राट थापाको द्धन्द्ध, गम्भीर बिष्टको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र नवीन निरौलाको सम्पादन रहेको छ ।

अर्जुन श्रेष्ठ, रश्मी भट्ट, सुजनी केसी, सुरवीर पण्डितलगायतका अन्य कलाकार रहेको यो फिल्म ६० बढी हलमा प्रदर्शन हुने बितरक रोहीत कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment