Comments Add Comment

विद्वच्छिरोमणि हेमराजबारे पुस्तक प्रकाशित

 काठमाडौं । नेपालको एकजमानाका प्रकाण्ड विद्वान् हेमराज शर्माबारे उनको निधनको ६२ वर्षपछि पुस्तक प्रकाशित भएको छ । लेखक तथा पत्रकार व्याकुल पाठकले हेमराजबारे उपलब्ध सामग्री र विभिन्न व्यक्तिसँग अन्तरवार्ताका आधारमा जीवनी पुस्तक तयार पारेका हुन् ।

Hemraj-front-Coverनेपालमा राणा शासन कायम रहेको बेला करिब ५० वर्ष हेमराजले सरकारको प्रमुख सल्लाहकारका रूपमा काम गरेका थिए । प्रशासनिक काममा सरकारलाई सल्लाह दिनुका अलावा उनी नेपालको इतिहास, पूरातत्त्व, साहित्य तथा व्याकरणको अध्येता तथा ज्ञाता थिए । त्यसैले त्यतिबेला विभिन्न समयमा नेपाल भ्रमण गर्ने विदेशी विद्वान्हरूले उनलाई ‘नेपालका विश्वकोश’ भनेका थिए । त्यसै आधारमा यस पुस्तकको नाम पनि ‘नेपालका विश्वकोश’ राखिएको लेखक व्याकुल पाठकले बताएका छन् ।

हेमराजले नेपाली र संस्कृतमा लेखेका विभिन्न पुस्तकमध्ये व्याकरणको पुस्तक ‘चन्द्रिका गोर्खाभाषा-व्याकरण’ विशेष महत्त्वपूर्ण मानिन्छ । यही व्याकरणका आधारमा अन्य व्याकरणको रचना भएका थिए । हेमराजको व्याकरणपछि नै नेपाली भाषाले एकरुपता पाएको थियो ।

यस पुस्तकमा हेमराजको जीवनी मात्र नभएर उनीसँग जोडिएर तत्कालीन समयको इतिहास पनि आएको छ । यसमा हेमराजका सबै पक्षलाई समावेश गरिएकोले भाषा-साहित्य, इतिहास तथा पूरातत्त्वका जिज्ञासुलाई उपयोगी हुनेे पुस्तकका लेखक व्याकुल पाठकले बताए । पुस्तक विद्वच्छिरोमणि हेमराज पुरस्कार गुठीले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment